दीप र ठमेल फाइनलमा

आदर्श समाज सम्वाददाता
माघ ८, २०७९
Bagar Bhai Khalak Semifinal Photo

पोखरा । बगर भाइखलक भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा दीप युनाइटेड क्लब र ठमेल ११ भिड्ने भएका छन् ।

बगर भाइखलकको आयोजनामा टुँडिखेल मैदानमा जारी ‘प्रथम हिमालयन ब्रुअरी तथा बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ अन्तर्गत शनिबार फाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो । पहिलो सेमीफाइनलमा ठमेल–११ ले थापा गाउँ भेट्रानलाई पराजित गरेको हो । दोस्रो सेमीमा दीप युनाइटेडले फ्रिडम फाइटर ‘ए’लाई पराजित गर्दै ठमेलसँगको भेट पक्का गरेको हो ।

पहिलो खेलमा ठमेलले थापागाउँलाई २–० गोलले पराजित गरेको छ । पूर्व राष्ट्रिय टिम कप्तान सागर थापाले टिमका लागि २ गोल गरे । उनी म्यान अफ दि म्याच समेत घोषित भए । यस्तै, दीप युनाइटेडले पाहुना टोली फ्रिडम फाइटरलाई १–० गोलले पाखा लगाउँदै उपाधि होडमा आफूलाई उभ्याएको हो । जीतमा अन्तिम गुरुङले ३७ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै टिमलाई जीत दिलाएका थिए । प्रतियोगितामा २४ टिमले भाग लिएका थिए ।

प्रथमले २ लाख र द्वितीयले १ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई ट्रफीसहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width