पोखरा । गायिका तथा मोडल ज्योति मगरले बिहीबार पोखरा महोत्सवमा दमदार प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिले माघको चिसो मौसमसमेत ततायो ।
अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा ज्योतिले विभिन्न प्रस्तुति राखेकी हुन् । उनीसँगै महोत्सवमा जीवन दाहाल, शिवहरि ढुंगाना, शंकर पन्त, सीता परियार, पूजा तामाङ, तुलसा जिसी, माधव चापागाईं, नेत्र खड्का लगायतको दोहोरी प्रस्तुतिमा दर्शकले भरपूर मनोरन्जन लिए ।
बिहीबार साँझ लाइभ ब्यान्डतर्फ सविन राइ एन्ड द फेरोहको प्रस्तुति थियो । युवामाझ चर्चित सविन राईले आफ्नो प्रस्तुति राख्दा दर्शकले उस्तै साथ दिए ।
महोत्सवको नवौं दिनसम्म आइपुग्दा दर्शकको भीड बढ्दो छ । दर्शक भीडसँगै कारोबार समेत बढेको प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।
शुक्रबार लोकदोहोरीतर्फ आलिफ खान, जीवन दाहाल, शिवहरि ढुंगाना, रेशम निर्दोश, ज्योति लोहनी, कमला गैरे, जूना क्षत्री, टेक क्षत्रीको प्रस्तुति रहने छ ।
हास्य प्रहसनमा राजेन्द्र गिरी जादुगर गुन्द्रुके मुना गिरीको प्रहसनसँगै डान्स जादु प्रस्तुति रहेने छ भने २३ इन्चका मनोज गोर्खालीमार्फत डान्स प्रस्तुति रहने छ । लाइभ ब्याण्डमा अनुप्रस्था छ ।
महोत्सवमा जारी विद्यालयस्तरीय लोकनृत्यमा मेरीगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको प्रतियोगितामा अमरसिंह मावि, नवप्रभात सेकेण्डरी स्कुल, मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल, सिद्ध मावि र बालकल्याण माविबीच प्रतिस्पर्धामा मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको हो । प्रतियोगिताको ८ माघमा भ्यु प्वाइन्ट बोर्डिङ, मेट्रोपोलिटन एकेडेमी, कास्की मोर्डनाइज्ड र मेरीगोल्डबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१