पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले १ वर्षको अवधिमा गरेका कार्य समेटेर तयार पारेको प्रगति प्रतिवेदन नेपाली कांग्रेस जिल्ला सभा सभापति किशोरदत्त बराललाई बुझाएको छ ।
पोहोर पुस २६ मा निर्वाचित भएर आएपछि यो वर्षको पुस २६ गतेसम्म गरेका कार्य समेटेर तयार पारिएको प्रतिवेदन बिहीबार बुझाइएको युनियन कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए । युनियन पार्टीको सुभेच्छुक संस्था भएकाले प्रगति प्रतिवेदन बुझाइएको उनले जनाए । उक्त अवसरमा पार्टीका उपसभापति, सचिव लगायत पदाधिकारी र युनियनका पदाधिकारी र सदस्यहरु उपस्थित थिए ।
सुभेच्छुक संस्था युनियनले प्रतिवेदन पेस गरेर असल अभ्यास सुरु गरेको भन्दै पार्टी सभापति बरालले यसलाई अध्ययन गरी आवश्यक सुझाव दिने प्रतिक्रिया दिए । युनियनका सदस्यहरुले सेवाग्राहीबाट कुनै पनि गुनासो नआउने गरी कार्यसम्पादन गरी संस्थाको छवी उच्च राख्न उनले आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१