सस्तोमा इन्टरनेट

आदर्श समाज सम्वाददाता
माघ ४, २०७९
Wifi Nepal Photo

पोखरा । वाइफाई नेपाल नामक इन्टरनेट सेवा प्रदायक संस्थाले सस्तोमा इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । उक्त इन्टरनेटले पोखरा, दमौली र लेखनाथमा एकैसाथ सस्तोमा इन्टरनेट सेवा प्रदान गर्न लागेको हो । मंगलबार एक कार्यक्रमका बीच वाइफाई नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो ।

काठमाडौंमा सफलतापूर्वक सुरुआत भई संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पिडको इन्टरनेट उपलब्ध गराउने वाइफाई नेपालका सिइओ शत्रुधन पञ्जियारले बताए । उनका अनुसार वाइफाई नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा दिइएको छ । ५० एमबिपिएस स्पिडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३ रुपैयाँमा सेवाग्राहीले प्रयोग गर्न पाउनेछन् ।

‘घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा विस्तार गर्न लागेका हौं,’ उनले भने, ‘पोखरा, दमौली र लेखनाथमा एकैसाथ सेवा विस्तार गर्न लागेको खबर सुनाउँदा खुसी लागेको छ । आशा छ काठमाडौंमा जस्तै सेवाग्राहीहरुलाई यहाँ पनि लाभ मिल्नेछ ।’

आफूहरुले निम्न र मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै उक्त सेवा प्रदान गर्न लागेको जानकारी उनले गराएका छन् । आगामी दिनमा गाउँगाउँमा वाइफाई नेपालले इन्टरनेट सेवा विस्तार गर्ने योजना रहेको उनले बताए । ‘छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व अहिले धेरै नै छ । निम्न र मध्यम वर्गीय परिवारको इन्टरनेट चलाउने आवश्यकतालाई परिपूर्ति गर्ने तवरले वाइफाई नेपाल लञ्च गरेका हौं,’ उनले भने ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width