पलले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

आदर्श समाज सम्वाददाता
माघ ३, २०७९
pal shah

पोखरा । नावालिकामाथि जबर्जस्ती करणी अभियोगमा मुद्दा खेपेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् ।

उनलाई मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कार अभियोगको दाबी नपुगेको भन्दै सफाइ दिएको हो । यद्यपि, उनीले बालयौन दुरुपयोगको अभियोगमा नवलपुर जिल्ला अदालतले सुनाएको सजाय भुक्तान गर्न बाँकी छ ।

बलात्कार गरेको आरोपमा तनहुँ र नवलपुरमा शाहमाथि मुद्दा दायर भएको थियो । नवलपुरले गत २१ भदौमा बलात्कार मुद्दामा सफाइ दिएको थियो भने बालयौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । गएको ९ महिनादेखि तनहुँ कारागारमा रहेका पलको पछिल्लो फैसलाले भने उनका फ्यानमा खुसी छाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै