अन्तर एकाइ ब्याडमिन्टनको उपाधि रामबजार, ढुंगेपाटन, गगनगौंडा र नमुनालाई

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७९
magar sanskritik program

पोखरा । नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको अवसरमा आयोजना गरेको अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिताको उपाधि रामबजार, ढुंगेपाटन, गगनगौंडा र नमुना एकाइ समितिले जितेका छन् ।

बिहीबार र शुक्रबार विभिन्न उमेर समूहमा भएको प्रतियोगितामा युवातर्फ रामबजार, प्रौढतर्फ ढुंगेपाटन, महिलातर्फ गगनगौंडा र १७ वर्ष मुनिको छात्रछात्रातर्फको उपाधि नमुना एकाइ समिति, चाउथेले जित्न सफल भएको हो । बिजेताले नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

जसमा उपाधि जित्नेहरूमा युवातर्फ रामबजार एकाइका वीरबहादुर आले र डोलराज आले प्रथम, सैनिकबस्ती एकाइका विश्वास पुन र ओम थापा द्वितीय, दीप बगर एकाइका पूर्णबहादुर राना र टुकबहादुर पुन तथा सैनिकबस्ती एकाइका खडक पुन र बलबहादुर श्रीस तृतीय भएका छन् । त्यसैगरी, प्रौढतर्फ ढुंगेपाटन एकाइका क्या. भक्तबहादुर पुन र क्या. कृष्णबहादुर पुन प्रथम, हेम्जा एकाइका ढकबहादुर पुन र प्रकाश थापा द्वितीय, बुढीबजार एकाइका क्या. भीमबहादुर थापा र सु. रेशम थापा तथा ढुंगेपाटन एकाइका सु. भीमबहादुर पुन र सु. सकबहादुर पुन तृतीय भएका छन् ।

त्यस्तै, महिलातर्फ गगनगौंडा एकाइका यमकुमारी तिलिजा र अस्मिता पुन प्रथम, ढुंगेपाटन एकाइका मीनु पुन र पुनम पुन द्वितीय, रामबजार एकाइका सुधा थापा र मनु राना तथा रामबजार एकाइकै शान्ति राना र शर्मिला थापा तृतीय भएका छन् । उता, १७ वर्षभन्दा मुनिको छात्रतर्फ नमुना एकाइका अमृत थापा प्रथम, नमुना एकाइकै रोहित श्रीस द्वितीय र नमुना एकाइका देविन फगामी तृतीय भएका छन् । छात्रातर्फ नमुना एकाइका रक्षा फगामी प्रथम, कदममार्ग एकाइका सोनिका थापा द्वितीय, नमुना एकाइका सम्झना रेगामी र अमृता दर्लामी तृतीय भएका छन् ।

जसमा युवातर्फ २९ टिम, प्रौढतर्फ ८ टिम, महिलातर्फ ७ टिम, छात्रतर्फ ७ टिम र छात्रातर्फ ६ टिम प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको उद्घाटन नेपाल मगर संघ, कास्कीका संस्थापक उपाध्यक्ष इन्द्रबहादुर गर्बुजामगरले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगर, जिल्ला खेलकुद विकास समिति, कास्कीका कार्यालय प्रमुख डीबी नेपाली, नेपाल मगर संघ, कास्कीका अध्यक्ष संगीता पुनमगर, उपाध्यक्ष बुद्धिमाया थापामगर र सचिव रामबहादुर थापामगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै