दुर्गाभवानीको स्वर्ण महोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता
पौष २९, २०७९
durga bhawani.

हेमजा । कास्कीको अन्नपूर्ण–२, सेराचौरस्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालयको स्वर्ण महोत्सवअन्तर्गत बिहीबार पूर्व शिक्षक तथा विद्यार्थी पुनर्मिलन एवं पदाधिकारी सम्मान गरिएको छ ।

पूर्व विद्यार्थीसमेत रहेका नेपाल सरकारका सहसचिव झलकराम अधिकारीले शैक्षिक गुणस्तर वृद्धिका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने औंल्याउँदै त्यसमा सबैले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले आफू पढ्दाको अनुभव सुनाउँदै संस्थापकको योगदानलाई सधैं सम्मान गर्नुपर्ने स्पष्ट पारे ।

पर्यटन व्यवसायी समेत रहेका अन्नपूर्ण काठमाडौं सम्पर्क समाजका कोषाध्यक्ष ऋषि भण्डारीले सबैको ध्यान गुणस्तरीय शिक्षा कायम गराउनतर्फ हुनुपर्ने बताए । उनले सामुदायिक विद्यालयमा अध्ययनका लागि मध्यम तथा गरिब परिवारबाट बालबच्चा आउने गरेको तर्क पेस गर्दै पठनपाठनलाई सहज बनाउनु सबैको दायित्व भएको औंल्याए ।

त्यस अवसरमा पूर्व विद्यार्थीसमेत रहेका उपप्राध्यापकद्वय हरिश्चन्द्र अधिकारी र केशवराज अधिकारी, समाजसेवी दाताराम भण्डारी, संस्थापक शिक्षक जीवलाल पौडेल, संस्थापक विद्यार्थी पमेश्वरी अधिकारी, पञ्चकोशी टोल विकास संस्थाका इन्दिरा अधिकारी, ढिकुरपोखरी समाज पोखराका सहसचिव गणेशप्रसाद अधिकारी, महेन्द्र आधारभूत विद्यालयका अध्यक्ष नरपति दाहाल, पूर्व विद्यार्थी शान्ति अधिकारी लामिछाने, नेपाल ट्रेड युनियन कांग्रेस सभापति यमप्रसाद भण्डारी लगायतले पनि धारणा राखे । उनीहरुले दुर्गाभवानीलाई नमुना विद्यालय बनाउन सबैको योगदान आवश्यक रहेको चर्चा गरे ।

कार्यक्रमबीच विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पूर्व एवं वर्तमान पदाधिकारी एवं सदस्य, पूर्व विद्यार्थी, पूर्व शिक्षक, पूर्व एवं वर्तमान् प्रअ, सरकारी सेवा प्रवेश गरेका पूर्व विद्यार्थी लगायतलाई दोसल्लासहित सम्मानपत्रले सम्मान पनि गरियो । त्यस्तै विद्यार्थी एवं अभिभावकले विभिन्न प्रस्तुति पनि राखे ।

महोत्सव संयोजक एवं विद्यालय अध्यक्ष खगराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रअ भूमिराज अधिकारीले स्वागत तथा शिक्षक राजेन्द्र अधिकारी एवं प्रअ युवराज अधिकारीले संयुक्तरुपमा कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width