कालिका क्याम्पस प्राध्यापक संघमा रवीन्द्र

आदर्श समाज सम्वाददाता
पौष २८, २०७९
kalika campus

पोखरा । कालिका बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाइ समितिको अध्यक्षमा रवीन्द्रनाथ बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा सूर्यराज पौडेल, सचिव सन्तोषमणि लामिछाने, कोषाध्यक्ष साम्राज्ञी थापा, सहसचिव चुनबहादुर राना तथा सदस्य लोकनाथ सुवेदी, नवराज लम्साल र शिशिर ज्ञवाली चयन भए ।

सभाले समितिको रिक्त सदस्य र केन्द्रीय समितिको प्रतिनिधि चयन गर्ने जिम्मेवारी नवनिर्वाचित कार्यसमितिलाई दिएको छ ।

पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको केन्द्रीय समितिको निर्देशनअनुरुप कालिकामा निर्धारित समयमै अधिवेशन सम्पन्न गरेको सचिव लामिछानेले जानकारी दिए ।

अधिवेशन अवसरमा क्याम्पस प्रमुख बिरन्जी गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुड र शालिकराम तिमिल्सिना, गुप्तेश्वर बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष लेखनाथ बरालले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कालिका बहुमुखी क्याम्पसका प्राध्यापक संघका सभापति रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सूर्यराज पौडेल र स्वागत सहायक क्याम्पस प्रमुख युवराज गुरुडले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width