पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको आयोजकले जनाएको छ ।
मञ्चले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी म्याराथनको तयारी सुरु भएको जनाएको हो । म्याराथनको तयारी बारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए । अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिप्सको प्रयोग हुने उनले बताए । उक्त चिप्स नेपाल रन युकेले सहयोग गर्ने भएको अध्यक्ष पराजुलीले जनाए ।
सिटी म्याराथनको अवधारणामा आयोजना हुँदै आएको नेपालकै जेठो म्याराथन पोखरा म्याराथनमा यस वर्ष पुरस्कार राशीमा समेत वृद्धि गरिएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेस’ (एम्स)मा दर्ता भए पछि आयोजना हुन लागेको म्याराथन खुलातर्फ पहिलो हुनेले ५ लाख, दोश्रोले ३ लाख, तेश्रोले २ लाख र चौथोले नगद रु ३० हजार प्राप्त गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु एकै पटक एकै दिन हुने जानकारी दिंदै इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महिला, महिला÷पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र÷छात्रा ५ किमि दौड, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड हुनेछन् भने संगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुनेछन् । पोखरा म्याराथन अन्तर्गत यो वर्ष एकै पटक २० हजार दौडने लक्ष्य लिइएको आयोजकको दावी छ ।
खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको जानकारी दिंदै अध्यक्ष पराजुलीले महिला हाफ म्याराथनमा समेत पहिलो, दोश्रो, तेश्रो र सान्त्वानहुनेले नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार प्रदान गरिनेछ । त्यसै गरी ५ किमि महिला तथा पुरुष, ५ किमि छात्र÷छात्रा दौड, ह्विल चियर र दृष्टिविहिन महिला तथा पुरुष दौड हुने र सबै दौडहरुमा पुरस्कार राशीमा समेत वृद्धि गरिएको मञ्चले जनाएको छ ।
१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७९ लाई व्यवस्थित रुपमा संचालन गर्न २३ वटा विभिन्न उपसमिति गठन गरिएको र
पोखरा म्याराथनको कुल खर्च ९३ लाख खर्च हुने आयोजकले जनाएको छ । पुरस्कार राशीमा मात्रै १७ लाख ५२ हजार खर्च हुने आयोजको भनाई छ ।
पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेको छ ।
सम्पन्न पत्रकार सम्मेलनमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट लगायतले पोखरा म्याराथनको विविध पक्षबारे जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१