चर्च ब्वाइजसँग पुलिस स्तब्ध

आदर्श समाज सम्वाददाता
पौष १५, २०७९
aaha rara

पोखरा । चर्च ब्वाईज युनाइटेड फुटबल क्लब २२ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार विभागीय नेपाल पुलिस क्लबको अग्रता उत्तरार्धमा चिर्दै चर्च ब्वाइजले अन्ततः जीत हात पारेको हो । खेलको ७६ औं मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंगाएको उसले अतिरिक्त समयमा २–१ को नतिजा पस्किन सफल भएको हो ।

जीतसँगै चर्च ब्वाइजले  मच्छिद्र फुटबल क्लबसँग क्वाटरफाइनल खेल्ने छ । पुलिसलाई पहिलो खेलमै घर पठाउन चर्च ब्वाइजका लागि अन्जन विष्ट र अनन्त तामाङले गोलको योगदान दिएका हुन् । अञ्जन म्यान अफ दि म्याच समेत घोषित भए ।

खेलको २५ औं मिनेटमा पुलिसका लागि रविशंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै