काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।
माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारीको अनौपचारिक बैठकले निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव जनार्दन शर्माले शपथ ग्रहण भएपछि मात्रै सरकार गठनको प्रक्रियामा जानुपर्छ भन्ने आफूहरुको मत रहेको बताउनुभयो ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र दिए पनि पद तथा गोपनीयताको शपथ भने भएको छैन । सङ्घीय संसद्को बैठक आह्वान नभईकन शपथ ग्रहण हुने अवस्था छैन । आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई भने बुझाइसकेको छ ।
यस्तै, उपमहासचिव शर्माले गठबन्धन दलका बीचमा भएको छलफलका आधारमा प्रमुख पदहरुमा बाँडफाँटपछि हुने बताउनुभयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन लगायतका विषयमा गठबन्धनका दलहरुबीच भइरहेको छलफलका बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष दाहालले राज्यका सबै प्रमुख पदहरुमा सहमतिका आधारमा बाँडफाँट हुनुपर्ने आफूहरुको धारणा रहेको बताउनुभएको बुझिएको छ ।
उपमहासचिव शर्माले पनि राष्ट्रपति लगायतका प्रमुख पदमा गठबन्धन दलका बीचमा छलफल गरेर नै एउटा निष्कर्षमा पुगिने जानकारी दिनुभयो । यसपटक माओवादीले आफ्नो नेतृत्वमा नै गठबन्धनको सरकार बनाउने दाबी गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो दाबी हाम्रो पार्टीको नेतृत्वमा नै सरकार निर्माण हुनुपर्छ भन्ने हो । त्यसो भएपछि हाम्रो पार्टीका अध्यक्ष ‘प्रचण्ड’ नै त्यसको स्वाभाविक दाबेदार हुनुहुन्छ ।” रासस
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१