हेमजा । गौरीशंकर माविको ६५ औं वार्षिकोत्सव, अभिभावक दिवस पुरस्कार तथा छात्रवृत्ति वितरण समारोह सोमबार सम्पन्न भयो ।
समारोह उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थी, शिक्षक तथा अभिभावकको समान दायित्व हुने औंल्याए ।
पोखरा २५ का वडाध्यक्ष तथा पोखरा महानगरका प्रवक्ताा मोतिराज तिम्सिनाले छिमेकी ग्राम प्रकाश आधारभूत विद्यालयलाई गौरीशंकरमा गाभ्ने निर्णय नगर शिक्षा समितिले गरिसकेको जानकारी दिंदै चाँडै विद्यालयले कक्षा नर्सरी देखि १२ सम्म पूर्णता पाउने विश्वास दिलाए ।
कार्यक्रममा पूर्व प्रअ डबलबहादुर कुँवर, पूर्व अध्यक्षहरु रामचन्द्र त्रिपाठी र नारायण पौडेल, महानगर शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, विद्यार्थी वीनिता भुजेल लगायतले बोलेका थिए । विद्यालय अध्यक्ष भोजराज पौडेलले आफ्नो कार्यकालमा विद्यालयलाई थप नमुनायोग्य बनाउने प्रण गर्दै त्यसमा सरोकारवाला सबैलाई साथ दिन आग्रह गरे ।
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रअ अम्बरबहादुर कँुवरले शैक्षिक गुणस्तर वृद्धिमा पूर्व विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा विद्यार्थीलाई विभिन्न ४२ छात्रवृत्ति तथा कक्षागत पुरस्कार वितरण पनि गरियो । त्यस्तै, उत्कृष्ट शिक्षकरुपमा रुद्रप्रसाद देवकोटा, शिखनाथ गौतम, खेलकुद शिक्षक विशालजंग कुँवर लगायत ४ जना खोखो खेलका विद्यार्थी भूमिसरा रोकामगर, संजिता विक, ममता अधिकारी र विपासना सुनारलाई सम्मान गरियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक चेतनाथ अधिकारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१