पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रमहरूको आयोजना गरी एघारौँ राष्ट्रिय कर दिवस -२०७9 सम्पन्न गरेको छ । “स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारा सहित बुधाबार एक कार्यक्रमका बीच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी.ले कर प्रशासनलाई व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत रमेश शर्माले कर प्रशासनलाई अझ मैत्रीपूर्ण बनाउँदै लगिने बताउनु भयो । प्रमुख कर अधिकृत शर्माले कर प्रशासन र करदाताबिचको सम्बन्धमा थप सुदृढ बनाउँदै करको दायरा बढाउने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएको छ । सम्मान हुनेहरूमा सेवा तर्फ यार्सा ल्याब्स प्रा.लि., व्यापार तर्फ अटोवेज प्रा.लि, कर्माचार्य बेक्स एण्ड फुड्स प्रा.लि. रहेका छन् । यसै गरी कार्यालयले नायब सुब्बा छाया भट्टराईलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्मा, प्रमुख मालपोत अधिकृत श्री राजेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सप्ताह कार्यक्रम अन्तरगत कार्यालयले प्रथम दिन मंसिर १ गते पहिलो सेवा लिन आउने करदातालाई सम्मान गरेको छ । यसैगरी कार्यालयले कर दिवसको अवसर पारेर कर शिक्षाका सामग्रीहरू ब्रोसर, पम्प्लेट करदाताहरूलाई वितरण गरेको छ ।कार्यक्रमको अवसरमा उत्कृष्ट करदाता तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१