पोखरा विमानस्थलको रनवे बढाउन पहल गर्छु- उम्मेदवार बराल

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७९
ramji baral

पोखरा । कास्की क्षेत्र ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजीप्रसाद बराल जीवनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार मिटरको रन–वे बनाउन पहल गर्ने बताएका छन् ।
बिहीबार पर्यटन व्यवसायीसँग छलफलमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बरालले पोखराको बृहत् विकासको लागि कम्तीमा पनि विमानस्थलमा ३ हजार मिटरको रनवे आवश्यक हुने भएकोले त्यसको लागि पहल गर्ने बताएका हुन् ।

पर्यटन व्यवसायीले पोखरामा नयाँ विमानस्थल निर्माण भएपछि पर्यटनको प्रबद्र्धन हुने विश्वासका साथ ठूलो लगानी गरे पनि हाल निर्माण भएको विमानस्थलबाट धेरै विदेशी पर्यटकहरु भित्राउन नसकिने गुनासो गरेपछि गण्डकीका अर्थमन्त्री समेत रहेका उम्मेदवार बरालले सो आश्वासन दिएका हुन् ।

पोखरा विमानस्थलमा हालै निर्माण भएको २ हजार ५ सय मिटरको रनवे आधारमा करिब ७५ सिटे हवाई जहाज आउने भएकोले कम्तीमा पनि २ सय सिट क्षमताको विमान तेस्रो मुलुकदेखि आउने वातावरण निर्माण गर्न सकेमात्र पोखरा क्षेत्रमा पर्यटनको विकास हुने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।

उम्मेदवार बरालले आजको मुख्य समस्या काठमाडौं केन्द्रित एकात्मक सोच भएकोले त्यो भत्काउन जरुरी भएको बताए ।

गठबन्धनअन्तर्गत कास्की ३ (२) प्रदेशसभा सदस्य उम्मेदवार प्रकाश बरालले पोखरा क्षेत्रमा सहासिक खेल पर्यटनको निकै सम्भावना भएकोले त्यसको प्रबद्र्धन गर्न सके यहाँको आर्थिक विकास हुने दाबी गरे । हिमाल आरोहण, क्यानोनिङ, कायकिङ, प्याराग्लाइडिङ, ¥याफ्टिङ लगायतको सहासिक खेलबाट धेरै पर्यटन भित्राउन सकिने उनले जनाए ।

कास्की २ (१) का प्रदेश सभा सदस्यका प्रत्यासी विश्वप्रकाश लामिछानेले रामसार सूचीमा सूचिकृत भएका पोखराका तालहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरी बृहत विकास गर्नुपर्ने औंल्याए।

पर्यटन व्यवसायी टीकाराम सापकोटा, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, कांग्रेस पर्यटन समन्वय तथा प्रचारप्रसार समिति केन्द्रीय सदस्य गणेश भट्टराई लगायतले बैंक तथा वित्तीय संस्थाबाट हाल व्यवसायी चर्काे व्याजको मागमा परेको गुनासो गर्दै गठबन्धन सरकारले त्यसको निकास दिन माग गरे ।

नेपाली कांग्रेस प्रचारप्रसार उपसमितिले बिहीबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, प्रदेश सभाको समानुपातिक उम्मेदवार सरस्वती गुरुङ, कास्की ३ (२) माओवादी केन्द्रका प्रचार संयोजक त्रिभुवन पौडेल, कास्की ३ (२) कांग्रेसका प्रचार संयोजक राजबहादुर गुरुङ, महिला पर्यटन व्यवसायी संघका उपाध्यक्ष कमला गिरी, समितिका सदस्य संजयकान्त सिग्देल लगायतले बोलेका थिए ।

गठबन्धनले बिहीबार पोखरा ६ मा चुनावी प्रचार अभियानअन्तर्गत घरदैलो गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै