हेमजा। लियो क्लब अफ हेमजाले शनिबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको छ। देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट क्लवले कपडा व्यवस्था मिलाएको हो ।
क्लवले स्थानीय सुइखेत स्थित जनहितेषी फाउन्डेशनमा रहेका कुल १३ बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ हेमजाका प्रथम उपाध्यक्ष एवम् लियो क्लब एडभाइजर सन्तमान् श्रेष्ठले क्लवले प्रशम्सनीय कार्य गरेको भन्दै धन्यवाद दिए।
क्लब अध्यक्ष निराजन अधिकारीले चिसो मौसमबाट बालबालिकालाई बचाउन न्यानो कपडा वितरण गरिएको स्पष्ट पारे।
फाउन्डेशनका अध्यक्ष बोधराज अधिकारीले सहयोगको प्रशम्सा गर्दै देउसी खेलेर सामाजिक उत्तरदायित्वपूर्ण कार्य गर्नु आफैमा महत्वपूर्ण भएको औँल्याए ।
त्यस अवसरमा लियो डिस्ट्रिक ३२५ जे नेपालका उपाध्यक्ष विष्णुप्रसाद दाहाल, पुर्व अध्यक्ष नवीन त्रिपाठी, निवर्तमान अध्यक्ष सविना तिमिल्सिना, नेपाल चिल्ड्रेन होमका संस्थापक अध्यक्ष जोलु आरती साथै लियो क्लब अफ हेमजाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता थियो ।
प्रथम उपाध्यक्ष मनोज त्रिपाठीले स्वागत गरी सुरु कार्यक्रममा ध्वजाको अभिवादन सहसचिव सुशील त्रिपाठीले तथा लियो प्लेज सन्तोष त्रिपाठीले बाचन गरे।
क्लब अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव कपिल दाहालले सञ्चालन गरे।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१