पोखरा । गण्डकी प्रदेश कानुन, संचार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले आगामी निर्वाचनमा प्रदेशसभामै दोहोरिने बताएका छन् । २०७४ को चुनाव जितेर कास्की कांग्रेसको साख जोगाएका उनले आगामी मंसिर ४ को प्रदेशसभा चुनाव अन्तिम निर्वाचन हुने संकेत पनि गरे ।
नेपाल प्रेस युनियन कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले प्रदेशसभा निर्वाचन लड्न आकांक्षी रहेको बताएका हुन् । ३ वटा प्रतिनिधि र ६ वटा प्रदेशसभा रहेको कास्कीमा क्षेत्र २ (२) बाट अघिल्लो निर्वाचन जितेर उनले कास्की कांग्रेसको साख जोगाएका थिए । अहिले पनि उनी सोही क्षेत्रबाट प्रदेशसभाको ढोका पुनः खोल्न चाहन्छन् । उनले भने, ‘पार्टीमा प्रदेशसभा सदस्य पदमा म र कुमार खड्काजी सहित ६ जनाको नाम सिफारिस भएको छ । पार्टीले जसलाई टिकट दिए पनि मेरो विमत्ति हुँदैन तर पार्टीले उचित मूल्यांकन पक्कै गर्नेछ ।’
थापाले रोजेकै क्षेत्रबाट प्रदेशसभामा बहालवाला भौतिक मन्त्री कुमार खड्काले पनि आकांक्षा व्यक्त गरेका हुन् । उनी समानुपातिक सांसद बनेर मन्त्री भएका हुन् । पार्टीले एउटै व्याक्तिलाई लगातार २ पटक समानुपातिक सांसद नबनाउने भनेपछि खड्का प्रत्यक्ष चुनाब लड्न चाहन्छन् । सो क्षेत्रमा चुनाव लड्न प्रदेशका २ बहालवाला मन्त्रीको टक्कर छ ।
कार्यक्रममा मन्त्री थापाले सांसदले भन्दा मन्त्री भएर आफूले कम बजेट पाएको दुखेसो पोखे । खड्काले ‘कुमार खड्का समर्थक भेला’ आयोजना गर्दै नङ्ग्याउन लागेको उनको आरोप छ । ‘उहाँले एकपक्षीय रूपमा नङग्याउन लाग्नु भयो ।
मबाट त्यस्तो केही भएको छैन । ठूलो मन्त्रालय पाउनुपर्नेमा उहाँकै अनेक क्रियाकलापका कारण कानुन मन्त्री बन्नुपर्यो,’ उनले टिप्पणी गरे ।
अघिल्लो चुनाव जितेर कास्की कांग्रेसको साख जोगाएका मन्त्री बिन्दुकुमार थापाको दोहोरिने चाहना
दुई मन्त्रीसँगै युवा नेता मदन बस्नेतसहितका उम्मेदवारका आकांक्षी आफूलाई सो क्षेत्रको बलियो उम्मेदवाररुपमा उभ्याएका छन् । सोही कारण पनि टिकट वितरणमा कास्की क्षेत्र २ (२) सकस छ ।
तलबभत्ता सामाजिक कार्यमा
संचार मन्त्री विन्दुकुमार थापाले ५ वर्षसम्म प्राप्त रकम विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका छन् ।
प्रदेशसभा सदस्य र प्रदेशको मन्त्रीको हैसियतमा प्राप्त गरेको सेवासुविधा सामाजिक सेवामा खर्च गरेको विवरण उनले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरे । मासिक पारिश्रमिक, बैठकभत्ता र अन्य सुविधाबाट आफ्नो खातामा आएको ४० लाख ७१ हजार रुपैयाँ उनले आफूले उपयोग गरेनन् । उनले सोही अवधिमा व्यक्तिगत रकमसमेत थप गरी ५८ लाख २९ हजार ६६ रुपैयाँ बराबरको विकास खर्च र सामाजिक कार्य गरेको जानकारी दिए ।
मन्त्री थापाको बैंक खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः ७ लाख ९ हजार, ६ लाख १० हजार, ८ लाख ५९ हजार, १३ लाख ६६ हजार र ५ लाख २५ हजार रुपैयाँ जम्मा भएको विज्ञप्तिमा उल्लेख छ । यो रकम बैठकभत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधासमेतको हो । निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा पहिलो वर्षदेखि क्रमशः १० लाख ५४ हजार, ९ लाख ३ हजार, १२ लाख ४७ हजार, १४ लाख ८६ हजार र ११ लाख ३६ हजार रुपैयाँ खर्च गरेको उनले बताए ।
यसबाट विपन्न, गरिब र असहायको दुखमा साथ मिलेको उनको भनाइ थियो । ‘यसबाट केहीले खुसी पाएका छन्,’ उनले भने, ‘केही स्थानहरुमा १÷२ सय मिटर पाइपको कमीले खानेपानी पाएका थिएनन्, त्यहाँ राहत मिलेको छ ।’ २०७४ को चुनावमा उनले वामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्र कास्की इन्चार्जसमेत रहेका राजकाजी गुरुङ ‘करण’ लाई ८ सय २ मतान्तरले पराजित गरेका थिए । थापा २०७८ साउन ८ मा मन्त्री नियुक्त भएका हुन् ।
प्रेस युनियन कास्की कावा अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रदीप पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१