पोखरा, १३ असोज । सृजना विकास केन्द्र, सिमलचौरका नवनिर्वाचित पदाधिकारीले बिहीबार सपथग्रहण गरेका छन् । केन्द्रको ४५ औं साधारण सभा तथा २२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवं संस्थाका सल्लाहकार वीरबहादुर अधिकारीले सपथ ग्रहण गराएका हुन् ।
सामाजिक सेवा र बालविकासको क्षेत्रमा काम गर्दै आएको संस्थामा कृष्णबहादुर थापा अध्यक्ष निर्वाचित भएका छन् । समारोहा बोल्दै उनले संस्थालाई आफ्नो कार्यकालमा थप सुदृढ र सक्रिय बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाए । नेतृत्व चयनका क्रममा चुनाव हुनुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले सबै अग्रज तथा साथीहरुको साथ र सहयोग लिएर आफू अघि बढ्ने भनाइ राखे ।
संस्थाका पूर्व अध्यक्ष समेत रहेका पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले निर्वाचित सबै पदाधिकारीलाई बधाई ज्ञापन गर्दै संस्थाको उत्तरोउत्तर प्रगतिको कामना गरे । निर्वाचन समितिका संयोजक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षका प्रत्यासी एवं निवर्तमान महासचिव चन्द्र गिरी, सल्लाहकार समितिका सभापति सोमनाथ बराल, संस्थाका सल्लाहकार गणेशबहादुर अधिकारी, सल्लाहकार एवं जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तारा गिरि, समाजसेवी परशुराम बराल, निवर्तमान अध्यक्ष इन्द्रप्रसाद पौडेल र पत्रकार रामकृष्ण ज्ञवालीले भनाइ राखेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष पौडेलले आफ्नो कार्यमितिका पदाधिकारीलाई मायाको चिनो वितरण गरे । जाल्पा सामुदायिक लघुवित्त वितीय संस्थातर्फबाट नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान व्यक्त गरियो । कार्यक्रम संचालन निर्वाचन समिति सदस्य अधिवक्ता एकनारायण अर्यालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१