पोखरा । पोखरा १५ की देवकी विक प्रसन्न मुद्रामा न्युरोडस्थित पोखरा महानगरपालिका कार्यालयको प्रांगणमा भेटिइन् ।
मेयर धनराज आचार्यलाई आफ्नो गुनासो सुनाएकोमा भन्दा पनि उनलाई भेट्न पाएकोमा बढी खुसी थिइन्, उनी । परिवारबाट अलग्गै बस्दै आएकी उनले आफ्नो समस्या मेयरको नजिकै बसेर सुनाउन पाइन् ।
पोखरा महानगरले सञ्चालन गरेको ‘प्रमुखज्यूसँग भेटघाट’ कार्यक्रममा पुगेकी ७८ वर्षीया विकलाई आर्थिक समस्या रहेछ । ध्यानपूर्वक समस्या सुनिसकेपछि मेयर आचार्यले उनलाई आर्थिक सहायता दिलाउन नागरिकता लिएर आउन अनुरोध गर्दै बिदा दिए । अनि देवकी बाहिरिन् । फेरि, भित्र छिरेर ‘तपाईंहरुलाई धेरै–धेरै धन्यवाद छ है,’ भन्दै बिदा भइन् ।
सामान्य घरपरिवारमा जन्मिएकी विकले उच्च ओहोदाको मानिस भेटेको यो नै पहिलो पटक रहेछ । जिन्दगीको लगभग उत्तरार्धमा पुग्दा पोखराको मेयरलाई नजिकैबाट भेट्न पाएकोमा सुखी लागेको उनले बताइन् । नजिकैबाट भेटेर समस्या सुनिसकेपछि समाधान हुनेमा पनि उनी ढुक्क छिन् । ‘नजिकै बसेर कुरा गर्न पाइयो । यति गरे’सी त मलाई सहयोग पनि गर्नुहोला नि !’ उनी आशावादी बनिन् ।
पोखरा महानगरले ‘प्रमुखज्यूसँग भेटघाट’ सँगै ‘हेल्लो मेयर ११८१’ कल सेवा पनि सुरु गरेको छ
मेयर आचार्यले देवकी विक जस्तै दैनिक ५० जनाको हाराहारीमा अरु सेवाग्राही भेट्छन् । उनले यसका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय छुट्टाएका छन् । ‘प्रमुखज्यूसँग भेटघाट’ का लागि तयार कक्षमा सर्वसाधारणदेखि नेता कार्यकर्ता एवं उच्च तहका व्यक्तिसमेत पुग्ने गर्छन् । गत भदौ १० देखि सुरु ‘प्रमुखज्यूसँग भेटघाट’ मा प्रायः प्रमुख आफैं सहभागी हुन्छन् । कथंकदाचित जिल्लाबाहिर गए उपप्रमुख वा प्रवक्तालाई जिम्मेवारी सुम्पिन्छन् ।
जनताको समस्या र गुनासो सुन्न सहज होस् भनी यसखालको नौलो कार्यक्रम सञ्चालन गरिएको मेयरको भनाइ छ । ‘मेरो कार्यकक्षमा सबैजना पुगेर भेट्ने कुरा सम्भव पनि भएन,’ उनले भने, ‘त्यसैले सर्वसाधारणका लागि २ देखि ३ बजेसम्म भेट्न सक्ने गरी सुरुआत गरिएको हो ।’ जुन उद्देश्य प्राप्तिका लागि कार्यक्रम सुरु गरिएको थियो, सोहीअनुरुप सर्वसाधारणको उपस्थिति उनले सुनाए ।
यो कार्यक्रमसँगै महानगरपालिकाले ‘हेल्लो मेयर ११८१’ कल सेवा सुरु गरेको छ । ‘हेल्लो मेयर ११८१’ मा दैनिक ५० को हाराहारीमा नगरवासीले गुनासो टिपाउने गरेका छन् ।
यो कार्यक्रममा गुनासो अलावा सुझावसमेत पनि आउने गरेको हेल्लो मेयर कार्यक्रम संयोजक माया गुरुङले जानकारी दिइन् । महानगर कसरी राम्रो बनाउनेदेखि वार्षिक क्यालेन्डर नै बनाएर मेयर अगाडि बढाउनुपर्ने गरी काम गर्न पनि सुझाव आइरहेको उनले बताइन् । उनले हेल्लो मेयरमा आएका गुनासा र सुझाव टिपोट गरी सम्बन्धित शाखा, निकायमा पठाउँछिन् ।
ती गुनासो पनि प्रमुख आचार्यले सम्बोधन गर्छन् । प्रमुखज्यूसँग भेटघाट र हेल्लो मेयर कार्यक्रमले जनताका समस्याबारे जानकार हुन सहज भएको दाबी गरिएको छ । यसबाट महानगरको काम दु्रत गतिमा अघि बढाउन सहज भएको मेयर आचार्य बताउँछन् । यी कार्यक्रमलाई आगामी दिनमा अझै प्रभावकारी र परिस्कृत बनाउँदै लैजाने महानगरको योजना छ । ‘कतिपय काम अझै ढिलो भएको भन्ने गुनासो आइरहेको छ,’ उनले भने, ‘यी गुनासा पनि नआउने गरी द्रूतगतिमा कसरी लैजाने भनेर सोंचिरहेका छौं ।’
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१