पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णले सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रमबारे चर्चा गरिएको छ । लायन्स क्लब पोखरा अन्नपूर्णले आयोजना गरेको २२ औं छात्रवृत्ति कार्यक्रमको लायन्स क्लब इन्टरनेसनल ३२५ जे का डिस्ट्रिक गर्भनर ध्रुव श्रेष्ठले समाजमा अति विपन्न विद्यार्थीलाई लायन्स क्लब अन्नपूर्णको पवित्र कार्यले लायन्स क्लबलाई एउटा नमूनाको रुपमा रहेको बताए । डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर मीलन थापाले अन्नपूर्ण लायन्स क्लबको कार्य डिस्ट्रिकले पनि अनुसरण गर्नुपर्ने भएको उल्लेख गरे । उनले समाज सेवामा लायन्स क्लबको ठूलो भूमिका रहेको बताए ।
कार्यक्रममा २४ जना अति विपन्न जेहेन्दार विद्यार्थीलाई ५ लाख ४८ हजार ३ सय विदेशी दातृ निकायसँग समन्वय गरी सहयोग आएको संयोजक सोनाम साङ्पोले बताए ।
रिजन चियर पर्सन अर्जुन पोखरेलले समाजमा विपन्न विद्यार्थीलाई सहयोग गरेकोमा खुसी व्यक्त गरे । जोन चियरपर्सन सूर्यप्रसाद बरालले खानेपानी, स्वास्थ्य, राहत र छात्रवृतिमा लायन्सको सहयोग अनुकणीय रहेको बताए । कार्यक्रममा मधुसुदन कोइराला राजु श्रेष्ठ, इन्दिरा बराल, छात्रवृत्ति प्राप्त विद्यार्थीमध्ये कल्पना क्षेत्रीलगायतले बोलेका थिए । क्लबका विजय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विष्णुकुमार गुरुङले स्वागत र सञ्चालन सहसचिव गणेश छबिले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१