पोखरा विश्वविद्यालयमा विद्यार्थीको रिले अनसन

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
ansan

पोखरा । पोखरा विश्वविद्यालयमा विद्यार्थीले रिले अनसन थालेका छन् ।

विश्वविद्यालयले अनावश्यकरुपमा सम्बन्धन दिएको विरोधमा विगतदेखि नै आन्दोलन गर्दै आएको नेविसंघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिले माग पूरा गर्न दबाबका लागि रिले अनसन नै थालेको हो ।

लेखनाथस्थित ढुंगेपाटनमा रहेको विश्वविद्यालयको मुलद्वार अगाडि विद्यार्थी अनसन बसेको विद्यार्थी नेता राजीव भण्डारीले बताए ।

इकाइ सभापति सिरोज सुवेदीले आफूहरुको माग सम्बोधन नगरी उल्टै झुठा मुद्दा लगाउने काम विश्वविद्यालयले गरेको बताए । विश्वविद्यालयले हालसम्म ५८ कलेजलाई सम्बन्धन बाँडेको उनले बताए ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याललाई यसबारेमा सचेत गरे पनि आफूहरुलाई झुठा मुद्दा लगाउने, विद्यार्थी विद्यार्थी जुँधाउने, राजनीतिक दबाल र यातना दिएर आन्दोलन दबाउने खेलमा विश्वविद्यालय लागिपरेको उनले बताए ।

यसैबीच, नेविसंघ पोखरा विश्वविद्यालयका नेता युनिक लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयलाई नै धराशायी बनाउन थालिएको यस्ता क्रियाकलापविरुद्ध नेपाल विद्यार्थी मुल इकाइ समिति रिले अनसनजस्तो कठोर आन्दोलनका कार्यक्रम गर्न लागेको छ । विश्वविद्यालय रक्षार्थ र भ्रष्टाचारविरुद्धको अभियानमा सम्पूर्णको साथ र सहमर्थन रहने विश्वास व्यक्त गर्दछौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width