पोखरा । बैंकहरुले ब्याजदरमा ६ महिनादेखि कायम गरेको भद्र सहमति तोडिएको छ । अब वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्ने सक्नेछन् । बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकहरुको आफ्नो निक्षेप र कर्जाको अवस्था अनुसार ब्याजदर घटाउन, बढाउन वा स्थिर राख्न पाउनेछन् । तर यसअघि ब्याजदर बढाउँदा पनि निक्षेप वृद्धि भएको थिएन । त्यही भएर अब ब्याजदर बढ्छ वा बढ्दैन भन्ने केही टुंगो लागेको छैन ।
यता, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ऋण प्रवाहको सीमा पनि साँघुरो बनाएको छ । यसकारण पनि बैंकहरुले यो वर्ष एग्रेसिभ हिसाबले कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन । यसर्थ, लगानीयोग्य रकम सहज भएका बैंकले ब्याजदर घटाउन पनि सक्नेछन् भने अवस्था गाह्रो भएकाले बढाउन पनि पाउनेछन् ।
तर यसरी घटबढ गर्दा अघिल्लो महिना कायम दरमा एक पटकमा १० प्रतिशत भन्दा बढीले तलमाथि गर्न पाइनेछैन । यसआधारमा ब्याज बढाइहालेमा पनि असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत सम्म मात्र निक्षेपमा ब्याज दिन सक्नेछन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१