लेखनाथ । भूपू सैनिक संघ कास्कीले आफ्नो स्वामित्वको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई हटाउन प्रदेश सरकारसमक्ष माग गरेको छ ।
संघले पोखरा १०, अमरसिंह नागीन टोलमा आफ्नो स्वामित्वमा रहेको जग्गामा सुकुमबासी एवं अव्यवस्थित बसोबासीले अतिक्रमण गरेकाले उनीहरुलाई निश्चित विकल्प दिएर हटाइदिन प्रदेश सरकार एवं महानगरसमक्ष आग्रह गरेको हो ।
२० रोपनी १ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा २०४६ जेठ १ मा मन्त्रिपरिषद्बाट निर्णय भई २०४९ जेठ १ मा संघको स्वामित्वमा आएको हो । हाल संस्थाको योजनाअनुसारका संरचना निर्माण गर्ने क्रममा अवरोध पुग्न गएकाले अवरोध हटाइदिन आग्रह गरेको हो ।
उक्त जग्गामा २०४६ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीले संघको कार्यालय भवन शिलान्यास गरी २०४७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटनसमेत गरेका थिए । उक्त कार्यालय भवनसमेत अहिले सुकुम्बासी एवं अव्यवस्थित बसोबासीहरुले कब्जा गरेको संघका अध्यक्ष खम्बसिंह गुरुङले बताएका छन् ।
अवरोध हटाइदिन आग्रह गर्दै गण्डकी प्रदेशका प्रमुख, मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका मेयर, भूमिहीन आयोग लगायत निकायमा पुगेको र हालसम्म कुनै सुनुवाई नभएको अध्यक्ष गुरुङले बताए ।
२०४७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भवन उद्घाटनसमेत गरेका थिए
उनले वार्षिक २ लाख १७ हजार तिरो समेत तिर्दै आएको संघको स्वामित्वमा रहेको जग्गा खाली गरिदिन आग्रह गर्दै पटक पटक जाँदा २०७० सालमा अतिक्रमणकारीबाट संघका तत्कालीन अध्यक्ष इन्द्रबहादुर गुरुङमाथि भौतिक हमला समेत भएको र त्यसैकारण निधन समेत भएको र अर्को वर्ष २०७१ सालमा तत्कालीन अध्यक्ष मेजर दीपकबहादुर गुरुङलाई कालोमोसो समेत लगाइएको बताए ।
संघले उक्त जग्गामा भारतीय राजदुतावासमार्फत भारत सरकार भूपू सैनिक कल्याणकारी कोषबाट २० करोड समेत उपलब्ध भएको र अतिक्रमणकारीको अवरोधका कारण निर्माण कार्य हुन नसकेको बताएको छ । हाल संघले उक्त स्थानमा संघअन्तर्गतका विभिन्न भातृसंस्थाको कार्यालयसमेत रहने गरी बहुउद्देश्यीय भवन निर्माण गर्ने लक्ष्य लिएको संघका सल्लाहकार नन्दबहादुर गुरुङले बताए ।
माग सुनुवाइ गरिदिन आग्रह गर्दै गएको साउन २७ गतेमात्रै जिल्लास्थित विभिन्न राजनितिक दल एवं संघसंस्थाका नेता एवं प्रतिनिधिहरुलाई बोलाएर आफ्ना माग राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद मानबहादुर गुरुङ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, नेकपा समाजवादीका सांसद चूडामणि जंगली, नेकपा समाजवादी गण्डकी प्रदेशका इञ्चार्ज पाइलट कर्णेल मदन केसी, गोर्खा कम्युनिटी कास्कीका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङ, गोर्खा ब्रिगेट नेपालका इञ्चार्ज कर्णेल कृष्णबहादुर खत्री लगायतले सुकुमबासी एवं अव्यवस्थित बसोबासीलाई निश्चित विकल्प दिएर व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१