परराष्ट्रमन्त्री नारायण खड्का चीनको तीनदिने भ्रमण पूर्ण गरेर नेपाल फर्केको ५ दिन भएको छ । तापनि उनको भ्रमणको सम्बन्धमा चर्चा सकिएको छैन । कतिपयले उनको भ्रमण फलदायी भनेका छन् भने केहीले औपचारिकतामा सीमित भन्ने पनि गरेका छन् । हामी कहाँ भ्रमणको सफलता के कति भयो भनेर हेर्ने कुरा उनले नगद सहयोग के कति बोकेर आयो, त्यो हेर्ने चलन छ । विदेश भ्रमणबाट जति धेरै नगद बोकेर आयो, उति त्यो भ्रमणलाई सफल भन्ने गरिन्छ । मन्त्री खड्काको भ्रमणका बेला उनका समकक्षी वाङ यीले सन् २०२२ भित्र करिब १५ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भावना अध्ययनको खर्च पनि आफैंले व्यहोर्ने भएको छ । त्यस्तै अन्य सहयोग पनि घोषणा गरेको छ ।
नेपालले ओरिकाको एमसिसी परियोजनाको सहयोग लिएको युक्रेन–रुसको मुद्दामा नेपालले युक्रेनको पक्ष लिएकाले तथा परराष्ट्रमन्त्री खड्का प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षधर कांग्रेसका भएकाले चीनले उनको भ्रमणलाई सौहार्दपूर्वक लिने छैन भन्ने धेरैको आकलन थियो । त्यसमा पनि देउवा सरकारले बिआरआई परियोजनाको ऋण स्वीकार्ने पक्षमा आफू नभएको भनी प्रष्ट पारिसकेको बेलामा भएको यो भ्रमणलाई केहीले त शंकाको घेरामा राखी हेरेका थिए । तर ती सबैभन्दा फरक र बेग्लै किसिमले परराष्ट्रमन्त्रीको भ्रमण सम्पन्न भएको छ र सफल भएको छ ।
ऋण भनेको आफूलाई चाहिएको बेला र आवश्यक परेको बेला लिने हो । कसैलाई खुसी पार्न लिने कुरा होइन । त्यसमा पनि सरकारले अनुदान स्वीकार्ने कुरा धेरै पटक दोहो¥याएको छ । त्यसमा पनि श्रीलंकाको अवस्था सबैको सामु छ । यस्तो बेलामा बिआरआईको ऋण किन नलिएको भन्नु हास्यास्पद प्रश्न हो । जहाँसम्म रुस र युक्रेनको युद्धको सवाल छ, त्यसमा युक्रेन पीडित पक्ष हो । रुसको आक्रमणबाट युक्रेनका सहर बस्ती ध्वस्त भइरहेका छन् । निर्दोष मानिसहरु मारिएका छन् । यो सत्य हो यस्तो अवस्थामा सैद्धान्तिक चस्माले हेरे तथा कुनै स्वार्थमा परेर रुसको समर्थन गर्नु एउटा कुरा हो । तर त्यस्तो हिसाबले हेर्नु अर्कै कुरा हो । हाम्रो स्वतन्त्र अर्थतन्त्र परराष्ट्र नीति अख्तियार गरेको देशले स्वतन्त्र भएर आफ्नो नीति निर्धारण गर्नु पर्दछ । नेपालले यसमा त्यो नीति अपनाएको छ । चीनले नेपालको नीतिको सम्मान गरेको छ । यो ज्यादै महत्वपूर्ण कुरा हो । परराष्ट्र नीतिका पदमार्गहरु आ–आफ्नै हुन्छन् । चीनसँगको हाम्रो सम्बन्ध पञ्चशीलको आधारमा आधारित भएको छ । परराष्ट्र मन्त्री खड्काको भ्रमण पनि पञ्चशीलको आधारमा भएको छ । यी सबै घट्नाक्रमले परराष्ट्र नीति कस्तो हुनु पर्दछ, कसरी लागु गर्नु पर्दछ आदि इत्यादि कुरा इंगित गरेको छ । त्यसै भएर चीनले परराष्ट्र मन्त्री खड्काको भ्रमणमा सौहार्दता देखाएको हो र त्यसै भएर त्यो भ्रमण सफल भएको हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१