पोखरा।
गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।
वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिनुभयो । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ ।
परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाउनका लागी गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू डम्फु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगायतका सामाग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर समाजमा रहेको भूतलाई धपाउने गर्दछन् ।
गाउँमा खेतीपाती राम्रो होस, शत्रुहरू नाश होउन् भन्ने कामना सहित गाउँमा ट्होटे मनाउने गरिएता पनि हाल आफ्नो मौलिक भेसभुसा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउँदै आएको पाइन्छ । ट्होटेमा पछिल्लो समय गुरुङ मात्र नभई आदिवासी जनजातिहरू मगर, किरात, तामाङ, लिम्बु लगायतका समुदायहरू पनि सहभागी हुँदै आएका छन् ।वर्षको दुई पटक उभौली र उँधौलीको रूपमा मनाइने गुरुङ समुदायको ट्होटे पर्वले गुरुङ समुदायको मात्र नभई सम्पूर्ण आदिवासी जनजातिको मौलिकतालाई जोगाउनुपर्छ भन्ने सन्देश दिन खोजेको पाइन्छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१