पोखरा । महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध नेकपा (एमाले) गलकोटले विरोध प्रदर्शन गरेको छ ।
एमाले संयुक्त जनसंगठन समन्वय समिति आयोजनामा ‘अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’ मूलनाराका साथ गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा विरोध प्रदर्शन गरेको हो ।
विरोधमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बाबुराम नेपालीले पाँचदलीय गठबन्धनले आफ्नो शक्ति र सत्ता जोगाइरहन नेपाली जनताको रगत र पसिनामा खेलिरहेको आरोप लगाए । अहिलेको गठबन्धन भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र यूरोपियन युनियनको टपरी चाटेर देश बेच्ने कुचेष्टामा लागेको र देशको सार्वभौम र स्वाभिमान माथि आँच पुर्याइरहेको उल्लेख गरे । नेता नेपालीले देशलाई टुक्रा–टुक्रा पारी छिन्नभिन्न पारेर नेपाली जनतामाथि आहाल खेलिरहेको भन्दै दलाललाई अब खबरदारी गरिरहने र देश जोगाउनको लागि राष्ट्रभक्ति र देशभक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
एमाले गण्डकी प्रदेश समिति सदस्य मञ्जु शर्मा चालिसेले सत्तामा बसेर बाँडीचुँडी खान र नातापातालाई पोस्न सेटिङ मार्फत सत्ता गठबन्धन बनेको बताइन् । सपना नदेखी र सपना नदेखाई देश नबन्ने भन्दै महँगी, भ्रष्टाचार र बेथिति र राष्ट्रघातका विरुद्ध नेकपा एमाले सडकमा उत्रेको उल्लेख गरिन् । गलकोट नगरको स्थानीय न्यायपालिका, न्यायिक समितिमा पुरुषवाद हावी रहेको महिलालाई पाखा लगाउने काममा गठबन्धन सरकार तल्लीन रहेको आरोप लगाइन् ।
एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीले दक्षिणपन्थी र वामपन्थी शक्ति छुट्टाउनुपर्ने बेला आएको बताएका छन् । उनले राजनीतिक बाटो प्रष्ट हुनुपर्ने बताउँदै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी गठबन्धन नाममा कांग्रेसको लहैलहैमा लागेर अध्याँरो सुरुङ भित्र हाम फालिरहेको बताए ।
एमालेले महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध नारा र जुलुससहित हटिया बजार परिक्रमा गरी जिपपार्कमा आएर कोणसभा गरेको हो । कार्यक्रम एमाले जिल्ला सहसचिव डम्मरबहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१