अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७९
PR – Nepaliocx

पोखरा । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले सेवाग्राहीको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर पोखरा अटो वक्र्स सञ्चालनमा ल्याएको छ । पोखरा अटो वक्र्स अग्नि ग्रुपको थ्री एस डिलर बतास ब्रदर्सको सहायक कम्पनी हो ।

पस्र्याङस्थित वक्र्सको सोमबार उद्घाटनमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास ब्रदर्सका अध्यक्ष आनन्दराज बतास, बालाजु अटो वक्र्सका स्पेयर पार्टस हेड युगल सिंह र गण्डकी प्रदेश प्रबन्धक सन्तोष सुवेदी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

अग्नि ग्रुपले हाल नेपालका आफ्ना नेटवर्कबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिंदै आएको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्य साथ थप नेटवर्क विस्तार कार्यका आफ्ना डिलर र सबडिलरको धेरैभन्दा धेरै सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width