हेमजा । नेपाल रेडक्रस सोसाइटी अन्नपूर्ण गापा १,२,३ उपशाखा ढिकुरपोखरीले रेडक्रस परिचयात्मक कार्यक्रम तथा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण गरेको छ ।
कार्यक्रममा उपशाखाभित्रका बालमन्दिर मावि, धारापानी मावि, अन्नपूर्ण बहुप्राविधिक शिक्षालय, माछापुच्छ्रे मावि, मर्निङस्टार मावि र सिर्जना मावि गरी कुल ६ युवा तथा रेडक्रस सर्कलका पदाधिकारी, शिक्षक नायक तथा जनप्रतिनिधि सहभागी थिए ।
अन्नपूर्ण गापा अध्यक्ष विष्णुबहादुर केसीले विपद् जुनबेला पनि आउन सक्ने बताउँदै विपद् वा समस्यामा परेका मानिसलाई सहयोग गर्नु नै मानव धर्म हुने उल्लेख गरे । उनले प्रशिक्षणसँगै विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वाससमेत लिए ।
रेडक्रस जिल्ला उपसभापति डण्डराज शर्मा, उपकोषाध्यक्ष तथा गण्डकी प्रज्ञा परिषद् सदस्य कृष्णप्रसाद पौडेल, अन्नपूर्ण १ का सदस्य नरपति भण्डारी, अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारी, ३ का अध्यक्ष फणीन्द्रप्रसाद पौडेल, माछापुच्छ्रे युरेसका शिक्षक नायक तारापति भण्डारी लगायतले बोलेका थिए ।
उपशाखा सभापति नारायणप्रसाद भण्डारीले उपशाखाले विपद् व्यवस्थापन तथा राहत कोष स्थापना गर्न लागेको जानकारी दिर्दै कोषमा सहयोग गर्न अनुरोध गरे । अनुरोध लगत्तै परमेश्वरी सुवेदीबाट १ हजार ५०, बालिका सुवेदीबाट १ हजार, दिल जिसीबाट १ हजार तथा युरेस बालमन्दिरबाट ५ सय रुपैयाँ कोषका लागि हस्तान्तरण पनि गरियो ।
उपशाखा सभापति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माया अधिकारीले स्वागत र उपसचिव दिल जिसीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१