पोखरा । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेलले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताएका छन् । सोमबार पोखरामा टुरिजमपाना मासिक पत्रिकाको विमोचन गर्दै मन्त्री कँणेलले यस्तो बताएका हुन् ।
पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निराशा छाएको भन्दै उनले विषय विज्ञहरूसँग पर्याप्त छलफलपछि मात्रै अघि बढ्न बताए । पर्यटकीय नगरी पोखरामा साहसिक खेल पर्यटनमा धेरै पर्यटकको आकर्षण रहेको भन्दै उनले पोखरामा पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको बताए । उनले पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको पनि बताएका छन् । मन्त्री शर्माले प्याराग्लाइडिङमा उड्दै सोमबार टुरिजम पाना मासिक पत्रिकाको विमोचन गरेका हुन् । उनले टुरिजम पाना पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । फरक तरिकाले पत्रिकाको विमोचन गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको मन्त्री शर्माले बताए ।
ननेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यले टुरिजमपाना मासिक पत्रिका प्रकाशनमा आएको प्रकाशक विष्णुकान्त घिमिरेले बताउँछन् । टुरिजमपाना मासिक पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने उद्देश्य राखेको पत्रिकाका सम्पादक गीता चिमोरियाले बताइन् । कोभिडको १९ को महामारीले ठप्पजस्तै बनेको पर्यटन क्षेत्रलाई विस्तारै पहिलेकै अवस्थामा फर्काउन सबैको पहल आवश्यक रहेको र यसमा सञ्चार क्षेत्रबाट टुरिजमपानाले भूमिका खेल्ने चिमोरियाको भनाइ छ ।
पत्रिकाले पहिलो अंकमा संस्कृति, धार्मिक पर्यटन, साहसिक खेल, पर्वतारोहण, गन्तव्य, यात्रा डायरी, विचार, व्यक्तित्व, पूर्वाधार, घुमफिर, प्रदेश र स्थानीय सरकारले गरेका कामलगायत विषयवस्तु समेटेको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१