मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७९
madan prize

पोखरा, २३ साउन ।  मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक गरिएको छ । मदन पुरस्कार गुठीमा प्राप्त २ सय २९ पुस्तकमध्ये १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठित समितिले ८ पुस्तक छानेको हो । तीमध्ये सर्वश्रेष्ठ एक पुस्तकलाई २०७८ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट ८ पुस्तकमा डा. नवराज लम्सालको अग्नि, डा. दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती ः इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै