सामुदायिकको स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
Health camp tarakunjas

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीले शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा साधारण र स्त्रीरोग लक्षित चेकजाँच गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । शिविरलाई कास्की मोडल हस्पिटल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति महाशाखा र ताराकुञ्ज बोर्डिङले सघाएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एचओडी डा. लक्ष्मण बास्तोलाले स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिएका थिए । डाक्टरहरु शैलेश गुरुङ, चुममाया पुन, सृष्टि गुरुङ र राम महत लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले उद्घाटन शिविर उद्घाटन गरेका थिए । उनले शान्ति र विकासलाई सँगसँगै लैजान सकेमात्र देश अगाडि बढ्न सक्ने बताए । जनता र प्रहरी सहकार्य गर्दै समाजका विकृतिको अन्त्य गर्ने सोचअनुरुप सामुदायिक प्रहरीको अवधारणा आएको उनले स्पष्ट पारे ।

पोखरा १३ का अध्यक्ष किरण बरालले वडाबाट सञ्चालित स्वास्थ्य सेवाबाट लाभ लिन वडावासीसँग आग्रह गर्दै नागरिकसँग सहकार्य गर्दै वडाले विकास निर्माणका काम अगाडि बढाउने बताए । आयोजक संस्थाकी अध्यक्ष एवं कार्यक्रमकी सभापति मीरादेवी आचार्यले धनसम्पत्ति भन्दा स्वास्थ्य नै ठूलो भन्दै नियमिति स्वास्थ्य जाँच गरेर थुप्रै रोगबाट बाँच्न सकिने बताइन् ।

आयोजक संस्थाका संस्थापक अध्यक्ष मायादेवी तझ्याले समाजको विकृति र विसंगतिविरुद्ध संस्थाले काम गर्दै आएको उल्लेख गरिन् । ताराकुञ्ज सेकेन्डरी स्कुलका प्रिन्सिपल गोविन्द गौतमले स्वास्थ्य शिविरमा नेपाल प्रहरी जस्तो गर्विलो संस्थासँग सहकार्य गर्न पाउनु गर्वको कुरा भएको बताए ।

शिविर उद्घाटन सत्रमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसी र मोडल हस्पिटलका अध्यक्ष जगन गुरुङलगायत सहभागी थिए ।

कार्यक्रम संयोजक बाबुराम सापकोटाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । आयोजक संस्थाका कोषाध्यक्ष किरण सिग्देलले स्वागत र संस्थाका सहसचिव शिवप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width