पोखरा । नेपाली कांग्रेस गण्डकीले प्रदेश सरकारले बढाएको कर तत्काल फिर्ताको माग गरेको छ । नेपाली कांग्रेस जनताको दुखमा साथ दिने पार्टी भएको स्मरण गराउँदै कांग्रेस नेतृत्वकै सरकारले जनतालाई नै सास्ती दिने तरिकाले गरेका निर्णय तत्काल बदर गर्नुपर्ने मागसमेत गरेको हो ।
कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको बैठकले यसबारे ध्यानाकर्षणसहित यातायात तथा भूमिसम्बन्धी करमा भएको वृद्धि फिर्ताको माग गरिएको पार्टी प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले बताए । सरकारमा आफ्ना प्रतिनिधिलाई जनताको भावनाअनुरुप काम गर्न पठाइए पनि केही व्यक्तिवादी सोचका साथ मनगढन्ते भावमा प्रस्तुत हुँदा जनताका इच्छा अपेक्षालाई कुल्चने प्रयास देखिएकाले जनभावनाविपरीतका निर्णय तत्काल संशोधन गर्न अनुरोध गरिएको उनले बताए ।
साथै, बैठकले मंसिर ४ मा सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक गर्ने घोषणाको स्वागत गर्दैैै आफ्नो पार्टीको जीत सुनिश्चितता गराउन उच्च मनोबलका साथ जनताकोबीचमा जान पार्टीका सबै तहलाई आह्वान गर्ने निर्णय गरेको छ । निर्वाचन मध्यनजर गर्दै गण्डकीका सबै क्षेत्र, प्रदेश क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्न गण्डकी प्रदेश कार्यसमितिको तर्फबाट यथासक्य चाँडो सबै प्रदेश क्षेत्रीय कार्यसमितिमा प्रतिनिधि खटाउने जानकारी गराइएको प्रवक्ता बास्तोलाले बताए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१