संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७९
cabinet-1656422730

काठमाडौं।  सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा गर्नेगरी चुनाव घोषणा गरेको हो।

हिजो बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। निर्वाचन आयोगले भने मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको थियो।

निर्वाचन आयोगले १ महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो। तर, सरकारले १०७ दिनको अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो।

सरकारले यसअघि गत वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गराएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width