पोखरा । पोखराको मासबारस्थित डिज्नील्याण्ड एकेडेमीकी रितिका पोखरेलले एसइईमा ४.० जिपिए ल्याउन सफल भएकी छन् । उनको सिम्बोल नम्बर ०४१०९६०६टि हो ।
हालसम्मको जानकारीअनुसार यस वर्षको एसइईमा पोखराका अन्य कुनै पनि विद्यालयबाट ४.० जिपिए नतिजा नआएको विद्यालयको दाबी छ ।
मासबार निवासी पोखरेलले कक्षा १ देखि सो स्कुलमा पढ्दै आएकी हुन् । नीलकण्ठ पोखरेल (दीपक) र आमा रीता पोखरेलका २ सन्तानमध्ये रितिका पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको विद्यालयले जनाएको छ । उनका दाइ रिदेशले सोही स्कुलबाट २ वर्षअघि ३.९५ जिपिए ल्याई उत्तीर्ण भएका थिए । विगतका दिनमा समेत उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले पहिलो पल्ट ४.० जिपिए ल्याउँदा अत्यन्तै खुसी लागेको प्रिन्सिपल नरेशप्रसाद बरालले प्रतिक्रिया दिए ।
शिक्षक, विद्यार्थी र अभिभावकको निरन्तर सहयोगमा विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका सहप्राचार्य समेत रहेका रितिकाका बुवा दीपक पोखरेलले बताए । नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिंदै रितिकाले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरुको मार्गदर्शन नै सफलताको श्रेय हो भनिन् । रितिकाको भविष्यमा चार्टर्ड एकाउन्टेन्ट (सिए) बन्ने लक्ष्य छ । उनले विज्ञान विषय लिएर उच्च शिक्षा अध्ययन गर्ने बताइन् ।
डिज्नील्याण्डबाट २८ परीक्षार्थी सम्मिलित भएकोमा ३.६ माथि ल्याउने ७ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ११ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ९ जना र २.४ देखि २.८ जिपिए ल्याउने १ जना छन् । २०६३ सालमा स्थापित सो विद्यालयले हालसम्म १० औं व्याचमा विद्यार्थी सम्मिलित गराइसकेको छ । विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको अतिरिक्त क्रियाकलाप विभाग एवं कम्प्युट विभाग प्रमुख प्रेम गिरीले बताए ।
बिहीबार सार्वजनिक नतिजाअनुसार देशभर सहभागी ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी १.९४ प्रतिशत छन् । उच्च श्रेणी ३.६ देखि ४ जिपिए ल्याउने ९ हजार ६ सय ३३ अर्थात् १.९४ प्रतिशत रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यता, गण्डकीका शिक्षा विकास निर्देशक अम्बिका आचार्यले प्रकाशित नतिजाको तथ्यांक बोर्डले हालसम्म प्रदेशमा नपठाएको हुँदा यहाँको अवस्थाबारे ठ्याक्कै भन्न नसकिने बताए । उनले भने, ‘भोलि (बिहीबार) सम्म आउला अनि ट्याली गरेर भन्न सकिएला ।’ उनका अनुसार आगामी वर्षदेखि प्रदेशमै एसइईको रजिष्ट्रेसन फर्म भर्ने, परीक्षा लिने र कापी जाँचसहित नतिजा प्रकाशित व्यवस्था हुन सक्ने जनाए ।
Related News
सम्बन्धित समाचार
धुँवा पुत्याउने गाडी फन्दामा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१