पोखरा । पछिल्लो समय पोषिलो फलफूलभित्र पर्ने ड्रागन फ्रुट पोखरेलीको घरका छतमा देखिन थालेका छन् । गर्मीमा राम्रोसँग फल्ने सिउँडी प्रजातिको यो फल पोखराका बजारमा पनि हुन थालेसँगै व्यावसायिक रुपमै पनि लगाइएको छ ।
पोखरा ३३ बागमारामा ५ रोपनी जग्गा भाडामा लिएर ड्रागन फ्रुटको खेती गर्ने आँट गरेका हुन्, पोखराका शिव गौतमले ।
सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटको बिरुवा सहजै हुर्कने र उत्पादनसमेत राम्रो हुने भएकाले पछिल्लो समय सहरी क्षेत्रका सौखिनहरू यस खेतीतर्फ आर्कषित भइरहेका छन् । तर गौतमले जग्गा भाडामा लिएर ड्रागन खेती गरेका छन् । उनको जग्गामा यतिबेला ५ सयभन्दा बढी ड्रागन फलको बिरुवा हुर्किरहेका छन् । अधिकांश बिरुवाले यसवर्ष देखि नै उत्पादन दिन थालिसकेका छन् । पछिल्ला समय आफ्ना बारीमा फलेका र फुलेका ड्रागन फ्रुट देखेर उनी मख्ख छन् । उनले मातृभूमि कृषि फर्म नै दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् ।
कोरोनापछिको लकडाउनले ड्रागन फ्रुटप्रति रुचि बढेको उनी सुनाउँछन् । शिक्षण पेसामा आबद्ध उनी लकडाउनमा धेरै मात्रामा अनलाइन तिरै व्यस्त हुन थाले । त्यही क्रममा ड्रागनबारे सामाजिक सञ्जालमा देखे । धेरैभन्दा धेरै भिडियो हेरे अनि पोखरामा पनि हुन्छ भन्ने भयो । युट्युबमै भएको नम्बरमा फोन गर्दा पोखरामा पनि हुने सुझाएपछि हौसिएर बागमारातिर जग्गा खोज्न हिँडेको उनले सुनाए । ५ रोपनी जग्गा भाडामा लिएर ६ सय बिरुवा लगाए । अहिले भनेजस्तै, सोचेजस्तै भएको गौतमलाई । ‘फुर्सदको समयमा युट्युब हेर्दै जाँदा दाङको लोकेन्द्र विष्टको मन पर्यो,’ उनले भने, ‘अनि उहाँसँग सल्लाह भयो । चैतमा उहाँलाई भेट्नै गएँ अनि विष्टले भनेझंै बिरुवा लगाए अनि राम्रो पनि हुँदै गएको छ ।’
अहिले उनको बारीमा रोपिएको ड्रागनको बोटले फल दिन सुरु गरेको छ । उनले उक्त जग्गामा रातो र सेता प्रकारको ड्रागन फ्रुट लगाएका छन् । जसमा ८० वटा सेतो र बाँकी रातो ड्रागन लगाएका छन् । ‘एउटा पोलमा २ वटा बिरुवा लगाउन मिल्छ,’ उनले भने, ‘४० वटामा सेतो बिरुवा छ अरुमा रातो छ ।’ अरु बिरुवालाई जस्तो पानीको समस्या नहुने उनको भनाइ छ । ‘ड्रागनको जरा धेरै क्षेत्रमा नफैलिने र सिँचाइ पनि पर्याप्त नचाहिने रहेछ,’ उनले भने, ‘हेर्दा आकर्षण पनि देखिने छ ।’
ड्रागन रोपेको ३ वर्षदेखि फल दिन थाल्छ । वयस्क बोटमा एक सिजनमा कम्तीमा २० किलो फल्छ
नेपाली बजारमा यो फल नयाँ भए पनि बजारको समस्या नरहेको गौतम बताउँछन् । उनका अनुसार बजारमा प्रतिकिलो ६ सय देखि १२ सयसम्म बिक्री हुने गरेको छ । ‘पोखरा पर्यटकीय राजधानी पनि हो त्यसैले यसको व्यापार व्यावसायमा कुनै समस्या नपर्नेमा म ढुक्क छु,’ उनले भने, ‘यसको माग धेरै छ यो उत्पादनले माग धान्न गाह्रो पर्छ ।’
बहुउपयोगी फलका रूपमा चिनिएको ड्रागन फलको कोपिला, फूल र फल सबै उपयोगी हुन्छ । फूल फुलेको ३ दिनमा झर्ने र करिब ४० दिनमा फल पाकेर खानयोग्य हुन्छ । ड्रागन फल बजारमा प्रतिकिलो ८ सय रूपैयाँसम्म बिक्री हुने गरेको छ । बजारमा अत्यधिक माग रहेकाले धान्नै हम्मेहम्मे भइरहेको उनी बताउँछन् । ड्रागन फलको बिरुवा रोपेको ३ वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ । ड्रागन फल नेपालका बजारमा भर्खरै परिचित हुन थालेको हो । नेपालको आन्तरिक बजार धेरै ठूलो रहेको विज्ञहरू बताउँछन् । केही वर्षअघि मात्रै नेपाल भित्रिएको यो फललाई धेरै नेपालीले चाख्न पाएका छैनन् ।
ड्रागन फलको गुण भनेको एक पटक स्वाद लिइसकेपछि पटकपटक खान पराउने किसिमको हुन्छ । खानलाई सजिलो हुने भएकाले यसको खेती, बजार सम्भावना राम्रो देखिएको छ ।
यसको लोकप्रियता, आफ्नो खेतीको सफलता र बजार मागका कारण अझै यसको विस्तार गर्ने योजनामा रहेको उनले सुनाए । पोखरामा सफल परीक्षण भइसकेका कारण पनि अन्य किसानहरुलाई घरको छतमा मात्र होइन व्यावसायिक रुपमै खेती गर्न उनको सुझाव छ ।
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१