पोखरा । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्नेसम्बन्धी प्रशिक्षण दिएको छ । कार्यालयले आफ्ना लगानीकर्ताको सहजताका लागि अनलाइन रकम दाखिला गर्ने प्रणालीको सुरुआत गरेको हो ।
कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग पनि हस्तान्तरण गरेको छ । कोषले १० थान जार, १० थान डिस्पेन्सर, र डिस्पेन्सर राख्ने स्ट्यान्ड १० थान विभिन्न संघसंस्थालाई हस्तान्तरण गरेको हो ।
सहयोग पाउनेमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय रामबजार, ट्राफिक प्रहरी कार्यालय पृथ्वीचोक, मालपोत कार्यालय कास्की, नापी कार्यालय कास्की र जिल्ला अदालत कास्की रहेका छन् । उक्त सामाग्री नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
प्रजिअ आचार्यले कोषले निकै नै राम्रो योजना ल्याएकोले त्यसमा सहभागी भएर लगानी गर्न नागरिकलाई आग्रह गरे । आफ्नो लगानीको भरपर्दो माध्यम नागरिक लगानी कोष रहेको उनको भनाइ छ । उनले कोषले प्रदान गरेको समाग्रीहरुको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।
नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कोषले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न काठमाडौं धाउनुपर्ने बाध्यता नरहेको जनाउँदै पोखरा कार्यालयबाट केन्द्रको सबै सेवा पाउन सकिने बताए ।
कोषले हाल कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, सावधिक जीवन बीमा कोष, नागरिक पेन्सन योजना, पुँजी बजारसम्बन्धी सेवा, घरकर्जा तथा सरलकर्जा जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त योजना तथा कार्यक्रममा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले अनलाइन प्रणालीबाट रकम दाखिला गर्न सक्ने कोषले जनाएको छ ।
कार्यक्रममा संस्थाका अफिसर हरिशचन्द्र श्रेष्ठले अनलाइन प्रणालीबाट रकम दाखिला गर्नेसम्बन्धी प्रशिक्षण तथा डेमो प्रस्तुत गरेका थिए । नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उमा आलेमगरले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१