ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का

श्रीभद्र पौडेल
असार १६, २०७९
samsad

पोखरा, १६ असार । गण्डकी प्रदेशका भौतिक योजना मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले यसपटक ढिलै भए पनि परिष्कृत बजेट आउने दाबी गरेका छन् ।

संसदीय पत्रकार मञ्च गण्डकीको आयोजना भएको दुईदिने संचार र सूचना प्रविधिको जानकारी एवं फोटो तथा भिडियो सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । उनले बजेटमा केही त्रुटि भए पनि त्यसलाई सच्चाएर परिष्कृत ढङले बजेट ल्याइने दाबी पनि गरे । नीति तथा योजना आयोग र अर्थ मन्त्रालयबाट विषयगत मन्त्रालयलाई सिलिङ गएपछि सो सिलिङ अनुसारको बजेट निर्माण गर्ने काम सम्बन्धित मन्त्रालयको हो भन्दै उनले बाहिर आएको हल्ला जस्तो मन्त्री–मन्त्री र मुख्यमन्त्रीबीच कुनै विवाद नभई बजेटबारे बुझाइमा फरकमात्रै रहेको उनले स्पष्ट पारे ।
मन्त्री खड्काले संसदीय पत्रकार मञ्च स्थापनाकालदेखि नै आफ्नो सामीप्यता रहेको बताए । संसद्को प्रभावकारीता बढाउन मञ्चको भूमिका महत्वपूर्ण रहेको औल्याउँदै उनले अहिले पत्रकारिताको क्षेत्र बढेजस्तै पत्रकारितामा गम्भीरता पनि बढेको महसुस आफूले गरेको सुनाए ।

पत्रकारले न्यूजमात्रै दिने होइन भ्युज पनि पस्कनुपर्दछ भन्दै राजनीतिका सकारात्मक पक्षमा कलम चलाउन पनि सहभागी पत्रकारलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पत्रकारका कार्यक्रममा प्रदेश सरकारको सहयोग महत्वपूर्ण रहेको भन्दै कार्यक्रमको मर्म अनुसार पत्रकारले क्षमता विकास गर्नुपर्नेमा जोड दिइन् । उनले गण्डकी प्रदेश सरकारको बजेट कार्यान्वयन अव्यवहारिक रहेको तर्क पनि गरिन् ।

पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदीले कार्यक्रम समय सापेक्ष रहेको जनाउँदै प्रदेश सरकारलाई खर्च मापदण्ड खुकुलो बनाउन सुझाव दिए । खर्च मापदण्डमा कडाइ गर्दा कार्यक्रमका लागि बजेट परे पनि व्यावहारिक रुपमा कार्यक्रम कार्यान्वयमा जान नसक्ने उनको ठहर छ ।

मञ्चका कार्यवाहक अध्यक्ष अमृत सुवेदीले संस्था पत्रकारको क्षमता अभिवृद्धिका लागि कटिबद्ध रहेको सुनाए । उनले गण्डकी सरकारको खर्च मापदण्ड कार्यान्वयन चुनौतीपूर्ण छ भन्दै त्यसमा संशोधन गर्न सुझाव समेत दिए ।

अभिमुखीकरणअन्तर्गत संचार तथा सूचना प्रविधि सम्बन्धमा पत्रकार सुनिल पाण्डे, भिडियो पत्रकारिताबारे पत्रकारद्वय प्रदीप पौडेल र इन्द्रप्रसाद पौडेल, फोटो पत्रकारिताबारे फोटो पत्रकार राम गुरुङले सहजीकरण गरेका थिए । मञ्चका कार्यवाहक अध्यक्ष सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मञ्च सचिव रोहितराज पराजुलीले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width