ज्योति बैंकको ११६ औं शाखा बेंसीसहरमा

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
Joti Bank lamjungd

लमजुङ । नेपाल सरकारबाट ख वर्गको मान्यता पाएको ज्योति विकास बैंकले लमजुङको सदरमुकाम बेसीसहरमा नयाँ शाखा विस्तार गरेको छ । बेंसीसहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्याल र बैंकका सञ्चालक नरेशराज आचार्यले संयुक्त रुपमा शाखा उद्घाटन गरे ।

कार्यक्रममा बेंसीसहरका नगर प्रमुख गुमानसिंह अर्यालले बैंकले सहर बजारमा मात्रै केन्द्रित नभई दूरदराजमा रहेका गाउँहरुमा पनि सेवा विस्तार गर्न सुझाव दिए । उनले पवित्र भावना सोच र शैलीबाट जनताको हितमा काम गर्न अनुरोध गर्दै धितो र सम्पतिलाई मात्र नहेरी व्यावसायिक फर्म अथवा ऋणीको आम्दानीलाई हेरेर लगानी गर्ने वातारण मिलाउनुपर्नेमा जोड दिए ।

बैंकका सञ्चालक नरेशराज आचार्यले बैंकको नवस्थापित शाखा १ सय १६ औं भएको बताए । बैंकिङ पहुँचलाई थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने लक्ष्यका साथ लमजुङको बेंसीसहरमा शाखा सञ्चालनमा आएको उनले उल्लेख गरे ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेंसीसहर शाखाका ग्राहकका निमित्त शून्य मौज्दातमै क्युआर कोड, निशुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता सञ्चालन गर्ने सुविधा रहेको बैंकका शाखा प्रबन्धक किरणनिधि तिवारीले बताए । उनकाअनुसार निशुल्क मेरो सेयर रजिस्ट्रेसन, निशुल्क डेबिड कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्धति निक्षेपहरूमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत सुविधा प्रदान गरिने बैंकले जनाएकोकक छ ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…
  • ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष गणेशकुमार श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथ पिलएका छन् । उनले नेपाल राष्ट्र…
  • ग्रीन बैंकको वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा चैत २७ गते सम्पन्न भएको छ । बैंकको…
  • ग्रिन बैंक र फिस्टेलबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र २४, २०८०
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीका लागि फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग विभिन्न स्वास्थ्य…

hero news full width