पोखरा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले स्वरोजगारका लागि युवालाई पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम दिएको छ । सोमबार गण्डकी कृषि निर्देशनालयका प्रमुख बासु रेग्मीले तालिम उद्घाटन गरे । उनले युवाहरु तालिमप्राप्त भए बेरोजगार बस्न नपर्ने भन्दै प्राविधिक पढाइमा जोड दिन आग्रह गरे ।
‘प्राविधिक पढाइ जहिले पनि काम लाग्छ । सिकेर बस्दा बेरोजगार हुनु पर्दैन,’ उनले भने, ‘देशको अर्थतन्त्र उकास्न कृषिलाई आधुनिकीकरण गर्नु अनिवार्य छ । प्रविधिमार्फत उत्पादन बढाउने कार्यक्रम सरकारले सन्चालन गरिरहेको छ ।’ उनले पछिल्लो समय युवापुस्ता पनि कृषिमा आकर्षित हुन थालेका बताए ।
तालिम २ सातासम्म चल्नेछ । देशका विभिन्न जिल्लाबाट १५ जना तालिममा सहभागी भएका नेल्टाका महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेल्टाले निरन्तर यस्ता तालिम आयोजना गर्दै आएको छ । नेल्टाका गण्डकी प्रदेश अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रीय सदस्य डिल्लीराम रेग्मीले गरेका थिए ।
उद्घाटनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. शम्भुराज पाण्डे, तालिम केन्द्र प्रमुख डा. शोभा शर्मा, कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल लगायतले कृषि क्षेत्रलाई राज्यले अझै बढी प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।
Related News
सम्बन्धित समाचार
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१