पाल्पाली सहकारीको सहयोग

आदर्श समाज सम्वाददाता
असार ११, २०७९
uro

पोखरा । पाल्पाली बहुउद्देयीय सहकारी संस्था लि.ले आनन्दित गृहमा युरोगार्ड सहयोग गरेको छ ।

संस्थाको चौंथो वार्षिकोत्सव अवसरमा शनिबार संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले आनन्दित गृहका संचालक डा. यज्ञमान शाक्य र रोमा राउतलाई सो युरोगार्ड हस्तान्तरण गरेका हुन् ।

पोखरा १२, माटेपानीस्थित आनन्दित गृहमा आश्रित ज्येष्ठ नागरिकलाई शुद्ध पिउनेपानी व्यवस्थाको लागि सो सहयोग गरिएको पाल्पाली समाज पोखराका अध्यक्ष एवं सहकारी सचिव रेशम रचकले जानकारी दिए । कार्यक्रममा समाज तथा सहकारीका पदाधिकारी एवं सल्लाहकार, कार्यसमिति सदस्य, लेखा समिति, कर्जा तथा शिक्षा उपसमितिका सदस्यको उपस्थिति थियो । सहकारीले वार्षिकोत्सव अवसरमा

पहिलो चरणमा सो कार्यक्रम गरेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए । दोस्रो चरणको कार्यक्रमअन्तर्गत असार १३ मा रक्तदान हुँदैछ ।  नयाँबजारस्थित सहकारीको कार्यालय परिसरमा बिहान ७ बजे खुला रक्तदान कार्यक्रम रहेकोले इच्छुक रक्तदातालाई सहभागिताका लागि संस्थाले आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width