पोखरा, ११ असार । गएराति भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा २५, हेमजाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पहिरोले घर क्षतिग्रस्त हुँदा र डुबानका कारण मानिसहरु विस्थापित हुन बाध्य छन् ।
पोखरा २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले भारी वर्षाका कारण त्यसक्षेत्रका करिब ६ सय घर प्रभावित भएको बताए । उनले भने, ‘यहाँका करिब १५ घर पहिरोले क्षतिग्रस्त छन् । २ वटा घर पूर्ण रुपमा क्षति भएको छ । म्याग्दीचोकदेखि सुन्दरपुरी टोलसम्मको पूरै बस्ती जोखिममा छ ।’
केही ठाउँमा खसेको पहिरोसँगै ठाडो खोलामा आएको बाढीले म्याग्दीचोकमा २ घर पूर्ण रुपमा क्षति भएका हुन् । वडा सदस्य सुवास भण्डारीका अनुसार लक्ष्मी बिकको पक्की घरको पर्खाल भत्किएको छ । त्यस्तै हालैमात्र निर्माण सम्पन्न भई सामान सार्दै गरेको अर्को पक्की घर पनि भत्किएको हो । त्यस क्षेत्रको चौरासी नहरको ड्याम फुटेको छ ।
सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु डुबानमा परेका हुन् । घरगोठ र कृषि फर्महरु बाढीले डुबानमा परेका छन् । घरभरि माटोले भरिएको छ । बाढीले बाख्राहरु मरेका छन् । कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ ।
राति ११ बजेतिर भीषण वर्षाका कारण बस्तीमा बाढी छिरेपछि स्थानीय घर छोडेर आफन्त तथा छिमेककोमा सुरक्षित ठाउँमा ओत लाग्न गएका थिए ।
यसैबीच, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले त्यस क्षेत्रको शनिबार बिहान अवलोकन गरेकी छन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१