खुमलटारलाई हराउँदै हेमजा युनाइटेड फाइनलमा

आदर्श समाज सम्वाददाता
असार ९, २०७९

पोखरा । छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

खुमलटारलाई २–० गोलले हरादै आयोजक हेमजा युनाइटेड फाइनल प्रवेश गरेको हो । आयोजकको तर्फबाट खेलको ५३ र ६७ मिनेटमा जर्सि न. १४ का कमल थापा मगरले २ गोल गरे । खेलको म्यान अफ दि म्याच २ गोल गर्न सफल कमल थापा मगर घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार रुपैयाँ हात पारे । प्रतियोगिता अन्तर्गत विहिबार दोस्रो सेमिफाइनल खेल फुटबल क्लब डाउला र चर्च ब्वाइज क्लबविच हुँदैछ ।

हेमजा युनाइटेडको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ६ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width