वायुसेवा सञ्चालक संघले फिर्ता लियो उडान बन्दको कार्यक्रम

आदर्श समाज सम्वाददाता
असार ८, २०७९
tia

पाेखरा।  नेपाल वायुसेवा सञ्चालक संघले  आज बुधबारदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।

वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएका कारण बुधबार उडान बन्द नहुने संघका प्रवक्ता योगराज कँडेलले बताए।

‘वार्तामा सहज वातावरण बनेको छ। उडान बन्दको कार्यक्रम फिर्ता भएको छ। अब बुधबार उडान बन्द हुँदैन,’ उनले भने, ‘हामी वार्तामा नै छौं। पूर्ण सहमति भएको छैन। बुधबार १२ बजे पुनः बस्ने सहमतिका साथ आजको छलफल सकियो।’

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै ५ बुँदे माग अघि सारेको थियाे ।  यात्रुसेवा शुल्क ल्यान्डिङ, पार्किङ्ग, नेभिगेसनलगायतमा भएको शुल्कवृद्धि र असार ५ गते प्राधिकरणले सूचित गरेको विमानहरूको रात्रिकालीन विश्रामसम्बन्धी निर्देशन फिर्ता लिनुपर्ने हवाइ सेवा प्रदायकका मुख्य माग हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार सूचना जारी गर्दै हेलिकोप्टर सेवा प्रदायकले असार ७ गतेदेखि र हवाइजहाज सेवा प्रदायकले असार १३ गतेदेखि रात्रीकालीन विश्राम उपत्यकाबाहिरका तोकिएका विमानस्थलमा गर्नुपर्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्था कार्यान्वयन गर्न कठिनाइ भएको भन्दै वायुसेवा संघ आन्दोलनमा उत्रिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै