पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको दाबी गर्दै पत्रकारले व्यक्त गरेको विचार आधारमा दण्डित नगरिने बताएका छन् ।
पोखरामा मंगलबार आयोजित नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा बोल्दै सञ्चारमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ । संविधानले परिकल्पना गरेको जुन अभिव्यक्ति स्वतन्त्रता छ, व्यक्तिगत स्वतन्त्रता छ, त्यसलाई अक्षुण्ण राख्न चाहन्छ ।’ उनले दक्षिण एशियामा नै स्वतन्त्र प्रेसको नमुना देशका रुपमा नेपाललाई विकास गर्न सधैं तयार रहेको उनको भनाइ छ । उनले कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा यो सरकारले दण्डित नगरेको र नगर्नेसमेत बताए ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको हातमा नरहेको उल्लेख गर्दै उनले पेट्रोललाई विस्थापित गर्न भइरहेको ऊर्जाको विकासलाई व्यवस्थित गरिने बताए । मन्त्री कार्कीले देशमा उत्पादित ऊर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिइने बताए ।
उनले अमेरिकन स्टेट पार्टनरसिप प्रोग्रामलाई अघि नबढाउने सरकारले निर्णय गरिसकेको बताउँदै हामी एक्लै हिडेर कहीं पुग्न नसकिने र सबैको सहयोगमा अघि बढे मुलुकको भविष्य उज्ज्वल हुने बताए । उनले भाषणमा मात्र नभै अब आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सके अबको १० वर्षमा नेपाल दक्षिण एशियाकै धनी मुलुक बन्ने दाबीसमेत उनको थियो ।
अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँदै उनले नेपाल पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने बताए । शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने बताउँदै उनले आगामी दिनमा नेपालीलाई सम्पन्न बनाउनेतर्फ राज्यको जोड रहने स्पष्ट पारे । मन्त्री कार्कीले पुँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए ।
समारोहमा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारिता माध्यमबाट सचेतना, महिला जागरण लगायतमा गरेको योगदानको कदर गर्दै बबिता बस्नेतलाई सम्मान गरिएको बताइन् ।
प्रतिभा छनोट समिति संयोजक एवं पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाले समाजको रुपान्तरणका साथै प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेका दयाशंकर पालिखेको स्मृतिमा स्थापित पुरस्कार तथा सम्मान आफैंमा महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा सम्मानित पत्रकार बस्नेत, पुरस्कार संस्थापक परिवारका तर्फबाट विश्वशंकर पालिखे, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष राजकाजी गुरुङ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, सरिता तिमिल्सिना पगेनीलगायतले बोलेका थिए ।
पत्रकार बस्नेत पुरस्कृत
पत्रकार वविता बस्नेतलाई १ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।
स्व.दयाशंकर पालिखेको परिवारबाट स्थापित र नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कारबाट सम्मानित हुने बस्नेत पहिलो महिला पत्रकार हुन् । यसअघि २१ जना पत्रकारले यो पुरस्कार पाइसकेका छन् । ३ दशकदेखि पत्रकारिता गर्दै आएकी बस्नेत घटना र विचार साप्ताहिककी सम्पादक एवं संचारिका समूह नेपालकी पूर्व अध्यक्ष हुन् ।
अघिल्ला वर्षमा पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ रहेकोमा यस वर्ष त्यति नै रकम थपेर पुरस्कार राशि बढाइएको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१