पोखरालाई पर्यटीय राजधानी बनाउन परिषद्को सुझाव

आदर्श समाज सम्वाददाता
असार ६, २०७९
PTC news

पोखरा। पोखरा पर्यटन परिषदको तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटन लक्षित विकासका लागि सुझावहरु दिएको छ ।

पर्यटकीय शहर पोखराको थप विकासका लागि आवश्यक पूर्वाधारसँगै लेकसाइड क्षेत्रमा देखिएका समस्याहरु औल्याउँदै तत्काल सम्वोधन गर्न सुझाव दिइएको परिषदका अध्यक्ष गोपीबहादुर भट्टराइले जानकारी दिए । “पोखरा लेकसाइडका पर्यटन व्यवसायीको मात्र होइन । विश्वको ध्यान खिच्न सफल घुम्नै पर्ने शहरको परिचय बनाएको शहर पनि हो, यसलाई व्यवस्थित बनाउन डाइनामिक भिजनरी नेतृत्वको खोजी सधै पोखराले गरिरहेको छ , अबको नेतृत्वले यसलाइ साकार पार्नेमा विश्वस्त छौ ।”अध्यक्ष भट्टराईले भने । मुख्यतय पर्यटन उद्योग अन्य उद्योग भन्दा भिन्न प्रकृतिको भएको र सिधै पर्यटकहरुसंग हेलमेल भई व्यवसाय संचालन गर्नु पर्ने हँुदा यहाँ थुप्र्रै चुनौतिहरु रहेको जनाउँदै उनले पर्यटन मैत्री नीति अवलम्बन गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी बनाउन कार्यान्वयनको पक्षमा जोड दिदै महानगरपालिकामा पर्यटन महाशाखा स्थापना गरी पर्यटक सम्पदा सहयोगको व्यवस्था गर्नुपर्ने र फेवातालको लगायत पोखरामा रहेको सम्पूर्णताल सफा सुन्दर, वातावरण मैत्री बनाउन ताल वरीपरी प्लाष्टिक जन्य खाद्यपदार्थ विक्री वितरणमा रोक लगाउनु पर्ने, फुट ट्रयाकमा राखिएका फोहोर मैला संकलन बक्सहरु नियमित रुपमा खाली गर्नुपर्ने, फेवातालमा मिसिने ढलहरुको उचित व्यवस्थापन गरिनु पर्ने सुझावहरु दिइएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड स्थित हिमागृह र रत्न मन्दिरलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय सम्पदाको रुपमा विकास गर्न न्यूनतम पूर्वाधार निमार्ण गर्दै दृश्वालोकनका लागि पर्यटक तथा सर्वसाधरणका लागि यथाशीघ्र खुला गर्नुपर्ने, महानगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्य स्थलहरुमा लिइने शुल्क एकै ठाउँबाट तिर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने र पर्यटकीय क्षेत्र लगायत प्रमुख स्थानहरुमा सुरक्षाका दृष्टिकाणले पर्याप्त मात्रामा सिसि क्यामेरा, सडक बत्ति जडान र संरक्षणमा जोड दिन पनि सुझावमा भनिएको छ ।

पोखराको सबै क्षेत्र समेट्ने गरी रिङ्गरोड (चक्रपथ) को डिपिआर तयार गरी निर्माण कार्य अगाडि बढाउनु पर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयारी पछिको साँघुरा बाटोहरु समयमै वृहत अध्ययन गरी संरचना निर्माणमा जोड दिदै पुरानो बसपार्क यथासक्य छिटो छरितो सम्पन्न गरी व्यवस्थित गराउन र राष्ट्रबैक चोकमा रहेको पर्यटन बसपार्क सञ्चालनार्थ महानगरले समिति गठन गरी त्यसको संरक्षण र सम्बद्र्धन व्यवस्थापनको जिम्माका लागि पोखरा पर्यटन परिषदलाई राख्नुपर्ने, यससँगै साइकल यात्री र जेब्राक्रसीङ्ग, सार्वजनिक बसहरु जथाभावी रोक्नबाट हटाई निश्चित ठाउँमा रोक्ने व्यवस्था गर्नुपर्ने साथै पोखराका विभिन्न चोकहरुमा व्यवस्थीत ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने विषय पनि समेटिएको छ ।

विशेष पर्यटकीय क्षेत्रको घोषणा गर्न, निकै लामो समय देखि टुंगो लाग्न नसकेको फेवातालको मापदण्डलाई यथासक्य छिटो टुंग्याएर व्यवसायीलाई अनिर्णयको बन्दी नबनाउन र यस मुद्दालाई प्राथमिकतामा राखेर कार्य गर्न व्यवसायीको तर्फबाट अनुरोध गरिएको छ । महानगरपालिकाले लिंदै आएको एकीकृत सम्पत्ति कर ५ बर्ष सम्म नबढाउने भनिएता पनि विभिन्न बहानामा बृद्धि हुदै आएको तर्फ ध्यानाकार्षण गराएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निार्माणसँगै तत्काल आवश्यक देखिएकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लागि कुनै स्थान तोकी बजेट विनियोजन गरेर कार्य प्रारम्भ गर्नका लागि पनि ध्यानाकर्षण गराउँदै र व्यवसायहरु दर्ता गर्नको लागि अति आवश्यक कम्पनी रजिष्ट्रार्डको कार्यालय गण्डकी प्रदेशमा ल्याउन प्रदेश सरकारसँग आबश्यक पहल गर्नका लागि भनिएको छ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आफूले महानगर प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय प्राथमिकतमा रहेको जनाउँदै पोखराको पर्यटन विकासका लागि अहिलेसम्म भएका अध्ययन प्रतिवेदन र सुझावहरुको अध्ययन गरेर समग्र पोखराको विकासका नीजि क्षेत्रसँग हातेमालो गरेर आफू अघि बढ्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width