स्याङ्जाली दिदीबहिनीको स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
असार ५, २०७९
manav

पोखरा । स्याङ्जाली दिदीबहिनी एकता समाज पोखराले स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरेको छ । समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित रहेकाहरुका लागि स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको हो ।

चरक मेमोरियल हस्पिटल र गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको कार्यक्रममा आश्रममा आश्रित १ सय ५२ जनाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको थियो ।

कार्यक्रम संयोजक एवं समाजकी सल्लाहकार गीता पंगेनी पौडेलले मानवीय सेवा नै सबैभन्दा ठूलो पुण्य हो भनिन् । कार्यक्रममा डा. सन्तोष अधिकारी, डा. अच्युत आचार्य, संजय राना, प्रमिता श्रेष्ठ, सागर पौडेल, मनीषा कँडेल, इन्सान थापाको समूहले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रमलाई डा. जयबहादुर खत्री, नवराज पौडेल र ईश्वर रेग्मीले सहयोग पुर्‍याएका थिए ।

नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देलले सबै मिलेर मानवीय सेवामा जुट्नुपर्ने उल्लेख गरे । मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटाले व्यक्ति–व्यक्तिको सहयोगले आश्रम संचालन भएको बताए ।

समाजका अध्यक्ष संगीता अधिकारी र सचिव सपना गिरीले आवश्यकताअनुसार सेवामूलक कार्यक्रम संचालन गरिने जानकारी दिए । स्याङ्जा माइतीघर भई विवाह गरेर कास्की वा स्याङ्जामा नै घर भएका महिलाले समाजको गठन गरेका हुन् । समाज १ सय जना आवद्व छन् ।

समाजका अध्यक्ष संगीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव एवं कार्यक्रम संयोजक गीता पंगेनी पौडेलले स्वागत र सचिव सपना गिरीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width