‘देश सम्झिएर’ पाठकमाझ

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७९
dinesh

पोखरा । साहित्यकार दिनेश बस्नेत बालकथा संग्रह ‘देश सम्झिएर’ लिएर पाठकमाझ आएका छन् । श्रृङ्खला क्लब र हरिहर–भक्ति आमा समूहले आयोजना गरेको विमोचन कार्यक्रममा पोखरा– २० का नवनिर्वाचित वडाध्यक्ष लगायतले कृतिको लोकार्पण गरेका हुन् ।

साहित्यकार दिनेश बस्नेतले साहित्यलाई अनुपात्पादक क्षेत्र ठान्ने मान्यता परिवर्तन गरी चेतना प्रवाहको माध्यमका रुपमा स्वीकार गर्नुपर्ने बताए । उनले बालबालिकालाई नर्सरीका बिरुवासँग तुलना गर्दै उचित शिक्षा, चेतना र संस्कार दिन सके मात्र बालवालिका भोलिका असल र सुसंस्कृत नागरिक बन्ने उल्लेख गरे । उनले भने, ‘बालसाहित्य बालबालिकाका लागि उपयुक्त बौद्धिक खुराक हो ।’

वडाध्यक्ष गंगाबहादुर केसीले ‘कलाकार एवं साहित्यकार राष्ट्रका गहना भएको बताए । साहित्यकारको सिर्जनात्मक क्षमताको सम्मान गर्नुपर्छ भन्दै ५ सय प्रति पुस्तक वडा कार्यालयले खरिद गरी वडाबासी विद्यार्थीलाई वितरण गरिदिने प्रतिवद्धता जाहेर गरे ।

समीक्षक कृष्णप्रसाद बस्ताकोटीले ‘देश सम्झिएर’ भित्र उत्कृष्ट र समसामयिक कथाहरु रहेको बताए । साथै उक्त कथाहरु निकै सरल र बोधगम्य भाषामा प्रस्तुत भएका बताए ।

श्रृं्खला क्लब अध्यक्ष जीवन अधिकारीले दिनेश बस्नेतले ४ कृति प्रकाशित गरी छुट्टै पहिचान सुरक्षित बनाएको खुसी व्यक्त गरे । कार्यक्रममा भलामको सम्पदा समेटिने गीत गायक चोलेन्द्र पौडेलले गाएका थिए । क्लब अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक सचिव रेशम खत्रीले गरेका थिए । कार्यक्रममा हरिहर आश्रमका उपाध्यक्ष अर्जुनबहादुर क्षेत्री लगायतले बोलेका थिए ।

कोपिला किताबले प्रकाशन गरेको कृतिको मूल्य २ सय रुपैयाँ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै