पोखरा । गण्डकीका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले बालश्रम न्युनीकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले किडासाको सहयोगमा शनिबार आयोजना गरेको श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाका लागि शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले बालश्रम न्युनीकरण र बालबालिकालाई विद्यालय पठाउने विषयमा किडासाले उल्लेख्य काम गर्दै आएको बताए ।
उनले बालबालिकालाई शिक्षाबाट वञ्चित नगराउन परिवारजनलाई आग्रह गरे । नेपाल सरकारले सरकारी विद्यालयमा ५ कक्षासम्म उपलब्ध गराउँदै आएको निशुल्क खाजाका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको उनले बताए । ‘न्युन आयस्तर भएका परिवारका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्दा विद्यालय पठाउने बानीको विकास हुनेछ । सरकारी विद्यालयले शैक्षिक स्तरोन्नतिलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता छ,’ उनले भने ।
गण्डकी सरकारले ७० प्रतिशत बालबालिकालाई प्राविधिक शिक्षा उपलब्ध गराउने गरी काम गरिरहेको मन्त्री थापाको भनाइ
अहिले प्रविधिमैत्री शिक्षाको आवश्यकता रहेको र विद्यालयहरुले समेत त्यसलाई अनुशरण गर्नुपर्ने आवश्यकता औंल्याए । गण्डकी सरकारले ७० प्रतिशत बालबालिकालाई प्राविधिक शिक्षा उपलब्ध गराउने गरी काम गरिरहेको बनाए ।
नैतिक शिक्षासँगै प्राविधिक शिक्षाको अभावमा रोजगारीका लागि अब कोही बालबालिका पछि भौतारिन नपर्ने धारणा उनको छ । ‘आजका बालबच्चा भोलिको कर्णाधार हुन् । सबल शिक्षाले नै बालबालिकालाई अगाडि बढ्न प्रेरित गर्छ । जसका लागि विद्यालयमा बालबालिकाको आकर्षण बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ,’ उनले भने ।
पोउवा संघले व्यावसायिक हकहितका लागि मात्र काम नगरी सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका यस्ता कार्यले थुप्रै बालबालिकाले लाभ लिनेमा उनी आशावादी छन् ।
कार्यक्रममा क्लेपका अध्यक्ष राजेन्द्रकुमार लालचन, पोउवा संघ अध्यक्ष नारायण कोइराला, पोखरा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्य, पोउवा संघ उपाध्यक्षद्वय पवन प्रजापति, अर्जुन पोखरेल, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्यले पोखराको शैक्षिक विकासका सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१