पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ । मेयरमा ३ हजार ४ सय ४२ मतान्तरले नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायमै गर्दा उपमेयरमा नेपाली कांग्रेस ८४ मतान्तरसहित अघि छ ।
मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले शुक्रबार राति ७ बजेसम्म ७२ हजार ९ सय १८ मतगणनामा २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले ३ हजार १ सय ४५ र स्वतन्त्रका उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कडा प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट ७२ हजार मतगणना हुँदा मात्र ८४ अन्तरले अघि छिन् । उनले ३० हजार २ सय ६० मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत ल्याएकी छन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबारको मतदानमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार मतदातामध्ये १ लाख ४३ हजार मत खसेको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१