पोखरा, ३१ वैशाख । मतदान सम्पन्नको २३ घण्टापछि पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ ।
सर्वपक्षीय बैठकले दिउँसो २ बजे मतगणना सुरु गर्ने निर्णय गरेपनि मतगणनामा बस्ने दलका प्रतिनिधिको परिचय, गणकहरुको व्यवस्थापनमा ढिलाइ हुँदा दिउँसो करिब सवा ४ बजेदेखि गणना सुरु भएको हो ।
सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृत कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा र जिल्ला समन्वय समितिको सभाहलमा गणना सुरु भएको हो । त्यसमध्ये नगर विकास समितिको हलमा १ ठाउँमा र जिससको सभाहलमा २ ठाउँमा मतगणना भएको छ ।
पोखराका कुल ३३ वडामध्ये वडा १, १२ र २३ बाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख श्रीकृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार मतगणना छिटो सम्पन्न गर्न २ भवनमा गरी कुल ६ स्थानमा मतगणना गरिने छ । महानगरका कुल ३३ वडामध्ये वडा १ देखि ११, वडा १२ देखि २२ सम्म र वडा २३ देखि ३३ सम्मको गरी ३ स्थानमा मतपेटिका सुरक्षित गरी राखिएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार कुल ३३ वटा वडा रहेको पोखरामा ६८.९५ प्रतिशत मत खसेको थियो । पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेको पोखरास्थित निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
पोखराको मेयरमा २३ र उपमेयरमा ८ जनाबीच प्रतिस्पर्धा छ । समग्र कास्कीमा कुल २ लाख ८१ हजार ८ सय ३३ मतदातामध्ये ६९.९० प्रतिशत मत खसेको थियो । २०७४ सालको स्थानीय तह चुनावमा कास्कीमा ७५ प्रतिशत मत खसेको थियो । कास्कीमा पोखरा महानगरसहित रुपा, माछापुच्छे«, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकामा गरी कुल ७२ वडा छन् ।
माछापुच्छे« गाउँपालिका, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकामा मतगणना बिहानदेखि सुरु भएको हो । तीमध्ये माछापुच्छे«, रुपा र मादीमा नेपाली कांग्रेस र अन्नपूर्णमा एमालेले सुरुआती अग्रता लिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१