शीर्षनेता नै चुनावी अभियानमा, आज पोखरामा

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७९
Bharatpur-amsabha-5-party-leader-1024×551

पोखरा । आगामी साता हुने स्थानीय तहको निर्वाचन मिति नजिकिंदा शीर्ष नेताहरुको दौडधूप बढेको छ । सत्ता गठबन्धनले एकपछि अर्को आक्रामक अभियान बढाएपछि देशव्यापी रुपमा स्थानीय तहको निर्वाचनको माहोल एकाएक बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य दल तथा स्तन्त्र उम्मेदवारले पनि देशका प्रमुख सहरमा चुनावी सभा गरेका छन् ।

गठबन्धनले बिहीबार भरतपुर महानगरमा संयुक्त चुनावीसभाको आयोजना गर्‍यो । यस्तै, शुक्रबार काठमाडौं महानगरलाई केन्द्रमा राखेर रत्नपार्कमा संयुक्त रुपमा सभामार्फत मतदातासमक्ष मत माग्यो । गठबन्धनका तर्फबाट शनिबार पनि देशका विभिन्न स्थानमा चुनावी सभाहरू आयोजना भए ।

बुटवल, तनहुँ, जनकपुरधाममा संयुक्त चुनावीसभा भएका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट शीर्ष नेताहरूले एकाएक चुनावी माहोल तताउने गरी अभियान केन्द्रित गरेपछि मतदातामा पनि सकारात्मक प्रभाव परेको छ ।
गठबन्धनका तर्फबाट शीर्षनेता नै देशव्यापी रुपमा चुनावी अभियानमा निस्केपछि एकाएक निर्वाचनको माहोल बढेको र मतदाता पनि योग्य उम्मेदवार छनोट गर्ने दिनको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । निर्वाचन आयोगले पनि मतदानका लागि आवश्यक तयारी युद्धस्तरमा अगाडि बढाएको छ ।

गठबन्धनले ६ वटा महानगर, ११ उपमहानगरलगायत देशभर नै संयुक्त उम्मेदवार खडा गरेका छन् ।

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए । उनले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको उल्लेख गरे । त्यसअघि बुटवलमा आयोजित सभामा पनि प्रधानमनत्रीले गठबन्धनको आवश्यकता र अमेरिकी सहयोग परियोजनाका सन्दर्भमा आफ्नो मन्तव्यलाई केन्द्रित गरे ।

गठन्धनले आइतबार मात्रै देशका ३ स्थानमा संयुक्त चुनावी सभा आयोजना गरेका छन् । पोखरासहित घोराही र तुल्सीपुरमा संयुक्त कार्यक्रम हुनेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावी अभियानमा सक्रिय छन् । उनी सोमबार पोखराको अमरसिंहचौरमा हुने चुनावी सभामा सहभागी हुुँदैछन् ।

स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्नो एजेन्डा लिएर अभियानमा केन्द्रित भएका छन् । यसले अपेक्षित रुपमा नै चुनावी अभियान सक्रिय रुपमा अगाडि बढेको छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निवौचनले लोकतन्त्रलाई सुदृढ मात्रै गर्दैन जनताले घरआँगनमा नै आफ्नो सरकार पाउँछन् ।

पोखरामा आज चुनावीसभा
पाँचदलीय गठबन्धनले आइतबार पोखरामा चुनावीसभा गर्दैछ । अमरसिंहचौरमा हुने सभाको तयारी पूरा भएको आयोजकले जनायो ।

सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्षनेताले सम्बोधन गर्ने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।

सभाअघि पोखराका विभिन्न स्थानबाट ¥याली निकालिने उनले बताए । सत्तागठबन्धनबाट पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width